काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि संगिन आरोप लगाएका छन् ।
एमालेले संसद अवरोध गरिरहेको सन्दर्भलाई उल्लेख गर्दै पौडेलले त्यसलाई 'देशलाई अस्थिरतातर्फ धकेल्ने दूस्प्रयास' को रुपमा अर्थ्याएका छन् ।
'६ महिनाको समयमा दुई-दुई पटक संसद् विघटन गरेर व्यवस्थालाई नै संकटमा पुर्याउने एमाले ओलीले महिनौ दिनदेखि संसद अवरोध गरेर विघटन सही थियो भनेर सिद्ध गराउने र अन्ततः देशलाई अस्थिरतातर्फ धकेल्ने दुस्प्रयास गर्दैछन्,' पौडेलले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।
सरकारले पनि संसद सूचारू गराएर देशलाई लोकतान्त्रिक गति दिने सार्थक प्रयास गर्नुपर्ने उनको भनाइ छ। सरकार सदन बीचैमा अन्त्य गरी अघि बढेमा ओलीको नियतिका सामू समर्पण गरेको ठहरिने उनले उल्लेख गरेका छन् ।
'संसद चलाउछु र संसदबाटै सबै निकास खोज्छुु भनेर आएको सरकारले पनि संसद सूचारू गराएर देशलाई लोकतान्त्रिक गति दिने सार्थक प्रयास नगरी सदनलाई बीचैमा अन्त्य गरी अघि बढ्यो भने ओलीको नियतिका सामू समर्पण गरेको ठहरिनेछ,' उनले भनेका छन्, 'राष्ट्रलाई अनिश्चिततातर्फ धकेल्ने यी आपत्तिजनक क्रियाकलापतर्फ सचेत रहन आमनागरिकको ध्यानाकर्षण गर्दछु ।'
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २९ मंसिर २०७८, ०९ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रपति पौडेलले भने-‘गिरिजाप्रसाद कोइराला क्रान्ति र शान्तिको नेता’
‘प्रदेशको सफलता नै गणतन्त्रको सफलता’ : राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेलसँग सातै प्रदेशका प्रदेश प्रमुखको भेट
तुर्कियका लागि नेपालको गैरआवासीय राजदूतमा धिताल नियुक्त
सहकारी समस्याबारे राष्ट्रपतिको चासो
सुशासन प्रवर्द्धन र सेवा प्रवाहमा चुस्तता पहिलो शर्त: राष्ट्रपति