मेगा बैंकले विदेशी रणनीतिक पार्टनर ल्याउन पाउने

सफल खबर संवाददाता

मंगलबार, २८ मंसिर २०७८, १८ : २८
मेगा बैंकले विदेशी रणनीतिक पार्टनर ल्याउन पाउने

काठमाडौँ । मेगा बैंक लिमिटेडले पनि अब विदेशी रणनीतिक पार्टनर ल्याउन पाउने गरी आफ्नो व्यवस्था परिवर्तन गरेको छ । मंगलबार राजधानीमा सम्पन्न बैंकको ११औ वार्षिक साधारणसभाले बैंकको सञ्चालकमा विदेशी रणनीतिक पार्टनर समेत ल्याउन पाउने गरी सो निर्णयको अधिकार सञ्चालक समितिलाई दिएको हो ।

यस्तै, साधारणसभाले बैंकमा गाभ्ने अथवा गाभिने ९मर्जर० र प्राप्ति गर्ने सम्बन्धमा आवश्यकता अनुसार मर्जर समिति गठन गर्न, समझदारी गर्न, मूल्याङ्कनकर्ता नियुक्त गर्न र शेयर आदानप्रदान अनुपात निर्धारण लगायतका कार्यका लागि समेत सञ्चालक समितिलाई नै अधिकार दिएको छ । 

सोही अवसरमा बैंकले गत आर्थिक वर्ष २०७७÷७८ को मुनाफाबाट प्रस्तावित १२।०७ प्रतिशत लाभांश वितरणको प्रस्ताव समेत सर्वसम्मतिले पारित गरेको छ । हाल बैंकको कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र २।०७ प्रतिशत नगद लाभांशका लागि बैंकले यो वर्ष कुल १ अर्ब ७६ करोड ८८ लाख ५४ हजार २७० रुपैयाँ ३८ पैसा खर्च गर्ने छ ।

जसमध्ये १ अर्ब ४६ करोड ५४ लाख ९६ हजार ४९५ रुपैयाँ ७६ पैसा अर्थात् चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र ३० करोड ३३ लाख ५७ हजार ७७४ रुपैयाँ ६२ पैसा ९२.०७ प्रतिशत० नगद लाभांशमा खर्च हुनेछ ।  कार्यालयहरु, २४ वटा एक्सटेन्सन काउन्टरहरु, १ सय ३९ वटा एटीएम मेशिन तथा ५९ वटा शाखारहित बैंकिङ केन्द्रहरु रहेका छन् । 

प्रतिक्रिया दिनुहोस