सुनसरी । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले साना साना योजना निर्माण गर्दा कर्मचारीले कमिसन खाने गरेकाे आराेप लगाएका छन् । सुनसरीस्थित इटहरी-१७ मा आँखा अस्पतालको शिलान्यास गर्दै उनले १० लाखको निर्माणकाे काम गर्दा कर्मचारीले चिया,नास्ता र कमिसनको नाममा दुई लाखसम्म खाने गरेकाे आरोप लगाएका हुन् ।
सबैलाई अलिअलि गरेर बाँड्नु भन्दा एकै ठाउँमा धेरै रकम लगानी गरेर छिटो काम सक्नु पर्नेमा नेता नेपालले जोड दिए । उनले कर्मचारीतन्त्र र उपभोक्तावादी भएकै कारण काम नगर्ने कमिसनको भरमा आफ्नो जिन्दगी चलाउने समेत आरोप समेत लगाए । उनले भने ‘एकै चोटी कनिका छरे जस्तो गरेर एउटा पनि काम हुँदैन । त्यही कनिका पनि कर्मचारीलाई दुई लाख दिएको हुन्छ । काम देखाउनु पर्याे भने पाँच ओटा इँटा देखाउने परम्परा छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २८ मंसिर २०७८, १३ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झलनाथ पत्नी चित्रकारको स्वास्थ्य अवस्था बुझ्न डल्लु पुगे ‘प्रचण्ड’ र माधव नेपाल
कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्: माधव नेपाल
ओली लक्षित माधवको टिप्पणी : ‘सातो गएको हुनसक्छ, होस् नगुमाउनू’
माधव नेपालप्रति झाँक्रीको टिप्पणी- ‘आफ्नै बेइज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेड ?’
नेपाली कम्युनिस्ट पार्टीको संयोजक प्रचण्ड, माधव नेपाल सहसंयोजक
माधव नेपाललाई भेट्न आलोकनगर पुगे प्रचण्ड