सुनसरी । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले साना साना योजना निर्माण गर्दा कर्मचारीले कमिसन खाने गरेकाे आराेप लगाएका छन् । सुनसरीस्थित इटहरी-१७ मा आँखा अस्पतालको शिलान्यास गर्दै उनले १० लाखको निर्माणकाे काम गर्दा कर्मचारीले चिया,नास्ता र कमिसनको नाममा दुई लाखसम्म खाने गरेकाे आरोप लगाएका हुन् ।
सबैलाई अलिअलि गरेर बाँड्नु भन्दा एकै ठाउँमा धेरै रकम लगानी गरेर छिटो काम सक्नु पर्नेमा नेता नेपालले जोड दिए । उनले कर्मचारीतन्त्र र उपभोक्तावादी भएकै कारण काम नगर्ने कमिसनको भरमा आफ्नो जिन्दगी चलाउने समेत आरोप समेत लगाए । उनले भने ‘एकै चोटी कनिका छरे जस्तो गरेर एउटा पनि काम हुँदैन । त्यही कनिका पनि कर्मचारीलाई दुई लाख दिएको हुन्छ । काम देखाउनु पर्याे भने पाँच ओटा इँटा देखाउने परम्परा छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २८ मंसिर २०७८, १३ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारप्रति जनताको आशा तुहिसक्यो: माधव नेपाल
सरकारका प्रारम्भिक गतिविधिप्रति माधव नेपालको असन्तुष्टि
विभाजनको प्रवृत्तिबाट माथि उठेर कम्युनिस्ट आन्दोलन सुदृढ बनाउन माधव नेपालको आग्रह
माधव नेपालको लज्जास्पद हार
माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश
माधव नेपाल अस्पताल भर्ना