काठमाडौं । राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाले अध्यक्ष राजेन्द्र लिङ्देनलाई पत्र पठाएर चुनावमा निर्मल निवासबाट भएको हस्तक्षेपबारे छानबिन गर्न आग्रह गरेका छन् । उनले निर्मल निवासबाट कोही पनि सुरक्षति नभएको पनि बताएका छन् ।
‘सिंगो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर राजसंस्थाको एजेण्डा बोकेर हिँड्ने मुख्य व्यक्ति त कोपभाजनमा पर्दछ भने निर्मल निवासको अगाडि कोही पनि सुरक्षित छैन । तपाईं पनि हुनहुन्न’, थापाले पत्रमा भनेका छन्, ‘तपाईंको योग्यता र क्षमताबाट म प्रभावित छु । तर, ढिलो चाँडो तपाई पनि यो प्रवृत्तिको शिकार अवश्य हुनु हुनेछ । पार्टी भित्र यस्तो अवस्था सिर्जना हुनु दुर्भाग्यपूर्ण छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २७ मंसिर २०७८, १७ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुलुक भ्रष्टाचारको आहालमा डुब्यो, अब राजसंस्था चाहिन्छ : कमल थापा
पत्रकार पाठकलाई पक्राउ पुर्जीप्रति कमल थापाको आपत्ति
'न्यायको नौसिङ हुन्छ भन्थे, हो रहेछ' : कमल थापा
राजावादी आन्दोलनमा प्रहरी हस्तक्षेप, राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ
राजावादीका लागि अनुकूल समय आयो : कमल थापा
जनताको शान्तिपूर्ण बलमा हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापना गरेरै छाड्छौं : कमल थापा