काठमाडौं । साताकोको दोस्रो दिन सोमबार पनि शेयर कारोबार मापक नेप्से परिसूचकमा ७९ अंकले घटेको छ । नेप्से परिसूचक ७९ दशमलव २३ अंकले घटेर २ हजार २ सय ८२ अंकमा झरेको छ । आइतबार २३ सयको लाइनमा झरेको नेप्से परिसूचक एकैदिनमा २२ सयको लाइनमा झरेको हो ।
नेप्से परिसूचकसँगै ‘क’ वर्गका कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १२ दशमलव ४७ अंकले घटेको छ । नेप्से र सेन्सेटिभ दुवै घट्दा कारोबार रकम करिब ४ अर्ब पुगेको छ । कारोबार रकम भने आइतबारको भन्दा धेरै हो । दिनभर भएका ६२ हजार ८ सय ९ कारोबारबाट २३३ कम्पनीका ९६ लाख ७९ हजार ७२ वटा कारोबार भएका छन् । जसबाट कारोबार रकम ३ अर्ब ९९ करोड ५६ लाख ४ हजार १ सय ७८ रुपैयाँ भएको छ ।
बजार ठूलो अंकले घट्दा पनि केही कम्पनीहरुको शेयर मूल्य भने सोमबार राम्रै बढेको छ । गुहेश्वरी मर्चेन्ट फाइनान्सको शेयरमूल्य सोमबार ९ प्रतिशतभन्दा धेरैले बढेको छ । बोटलर्स नेपाल ९तराई० ५ लशमव ४० प्रतिशत अर्थात एक कित्तामै ६२७ रुपैयाँले मूल्य बढ्दा युनिलिभरको ७ सय ४८ रुपैयाँ प्रतिकित्ताले शेयर मूल्य बढेको छ । माउन्टेन इनर्जीको शेयर मूल्य पनि प्रतिकित्ता ३९ रुपैयाँले बढेको छ ।
धेरै शेयर मूल्य घट्ने कम्पनीहरुमा भने स्वाभिमान लघुवित्त, दिव्यश्वरी हाइड्रो, नेशनल हाइड्रो, गुडबिल फाइनान्स, आँखुखोला जलविद्यतु् कम्पनीहरु देखिएक छन् । यी सबै कम्पनीहरुको शेयर मूल्य सोमबार ९ प्रतिशत भन्दा धेरैले घटेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २७ मंसिर २०७८, १५ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सेयर बजारमा उतारचढाव, साढे २१ अर्बको कारोबार
यो साता ५ प्रतिशत बढ्यो बजार
सेयर बजारमा उच्च वृद्धि, साढे १६ अर्बको कारोबार
नेप्से २७९४ अंकमा, १४ अर्बको कारोबार
सेयर बजारमा ३४ अङ्कको वृद्धि, ९ अर्ब ४१ करोडको कारोबार
नेप्सेमा दाहाेराे अंककाे गिरावट !