सुरेन्द्र चौधरीद्वारा सहमहामन्त्रीको उम्मेदवारी फिर्ता

सफल खबर संवाददाता

आइतबार, २६ मंसिर २०७८, १२ : ५८
सुरेन्द्र चौधरीद्वारा सहमहामन्त्रीको उम्मेदवारी फिर्ता

काठमाडौं । नेपाली काँग्रेसका नेता सुरेन्द्र चौधरीले आफ्नो उम्मेदवारी फिर्ता गराएका छन् ।

सहमहामन्त्री पद (थारु कोटातर्फ) मा आफ्नो उम्मेदवारी दर्ता गराएका उनले निर्वाचन समितिमा पुगेर आइतबार आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् । देउवा पक्षीय उनले बागी उम्मेदवारी दर्ता गराएकामा अन्तिम समयमा आएर फिर्ता लिएका हुन् । 

देउवा प्यानलबाट कृष्ण प्रसाद सिटौला समूहका उमाकान्त चौधरीलाई उम्मेदवार बनाएपछि उनले बागी उम्मेदवारी दिएका थिए । अब थारुतर्फको सहमहामन्त्री पदमा उमाकान्त र तेजुलाल चौधरीबीच प्रतिस्पर्धा हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस