झापा । बस र मारुती भ्यान एक-आपसमा ठोक्किँदा शनिबार बिहान झापामा एक जनाको मृत्यु भएको छ । साथै सोही दुर्घटनामा परी पाँच जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी वसन्त पाठकका अनुसार बाह्रदशी गाउँपालिका– ३ स्थित लक्ष्मीपुर–राजगढ सडक खण्डमा शनिवार बिहान ७ बजे उत्तरबाट दक्षिण तर्फ आउँदै गरेको प्र- १-०१-००१ ख ३५२४ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको मे १ च २२२६ मारुती भ्यान एक आपसमा ठोक्किँदा ठोक्किँदा दुर्घटना भएको थियो ।
दुर्घटनामा परी भ्यानमा सवार ६ जना घाइते भएका थिए । घाइतेमध्ये भ्यान चालक बाह्रदशी गाउँपालिका–१ निवासी ३४ वर्षीय मिलन भन्ने प्रमोदचन्द्र उप्रेतीको उपचारको क्रममा मृत्यु भएको डिएसपी पाठकले जानकारी दिए । यता अन्य घाइतेहरू बाह्रदशी–१ निवासी ५५ वर्षीया किमारी निरौला, सोही ठाउँका ५५ वर्षीया गीता घिमिरे, २१ वर्षीया रन्जिता निरौला, १७ वर्षीया दुर्गा घिमिरे र कचनकवल गाउँपालिका–१ निवासी १२ वर्षीय विशाल पौडेल घाइते भएका छन् ।
उनीहरूको टाउको, हात र शरीरका विभिन्न भागमा चोट लागेकोले बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइहरेको प्रहरीले जनाएको छ । झापामा चिसो बढेसंगै लागेको बाक्लो हुस्सुका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २५ मंसिर २०७८, ११ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नवलपरासीमा बस र ट्रक ठोक्किँदा १३ जना घाइते
गुल्मीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते
धनुषामा बस दुर्घटना, चालकसहित १७ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
मोटरसाइकल दुर्घटनामा चालककाे मृत्यु