तरलताको चाप बढ्दा बैंकहरुमा आपत, तर राष्ट्र बैंकका गर्भनर अधिकारी भने निक्षेप लुकाउन र समस्या चर्काउनमै व्यस्त

सफल खबर संवाददाता

शुक्रबार, २४ मंसिर २०७८, ११ : ५०
तरलताको चाप बढ्दा बैंकहरुमा आपत, तर राष्ट्र बैंकका गर्भनर अधिकारी भने निक्षेप लुकाउन र समस्या चर्काउनमै व्यस्त

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा अत्याधिक रुपमा तरलताको चाप परेको छ । बैंकमा पैसा नभएका कारण ऋण लिएर व्यापार व्यवसाय गर्न खोजेका तथा आफ्नो गर्जो टार्न खोजेकालाई समेत आपत परेको छ । खास गरी नेपाल राष्ट्र बैंकका गभर्नर र एमाले कार्यकर्ताका रुपमा नियुक्त भएका दुइृ डेपु्टी गभर्नरका कारण देशको अर्थतन्त्रमा ठूलो समस्या देखा परेको छ ।

समसया समाधानका लागि केन्द्रीय बैंकले जुन रुपमा काम गर्नुपर्ने हो, त्यो नगर्दा समस्या समाधान हुनुको साटो झनै बढ्दै गएको छ । एमाले अध्यक्ष केपी ओली निकट रहेका गभर्नर महाप्रसाद अधिकारीले एमाले नेताहरुले लगानी गरेको बैंकलाई परिचालन गरेर तरलताको समस्या चर्काएको जानकारहरुको भनाइ छ ।

महाप्रसादले यो सरकारलाई असफल बनाउने जिम्मा नै आफूले लिएको भन्दै भएको निक्षेप लुकाउन र समस्या चर्काउन लगाएका छन् । त्यसमा उनले विशेष गरी सिटिजन बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, एभरेष्ट बैंक, नेपाल एसबीआई बैंकलाई परिचालन गरेका छन् । ती बैंकका कुनै न कुनै रुपमा एमालेका नेताहरुको लगानी रहेको छ । 

ओलीको योजनामा तरलताको सिमा चर्काएर वर्तमान सरकारलाई असफल बनाउन गभर्नर अधिकारी लागेका छन् । खासगरी अर्थमन्त्रालय र अर्थमन्त्रीको सल्लाहकारको भूमिकामा रहेका गभर्नर अधिकारीले अर्थमन्त्री र मन्त्रालयका अन्य अधिकारीको समेत मानमर्दन गर्ने काम गरिरहेका छन् । गभर्नरको कार्यकक्षमा बसेर अर्थमन्त्री जनार्दन शर्मालाई उडाउने काममा लागिपरेको एक कर्मचारीले जानकारी दिए । गभर्नर हो कि  ओलीको कार्यकर्ता हो, हामीलाई त भिन्नता छुट्याउन नै गाह्रो परेको छ । ती कर्मचारीले भने जसरी भएपनि सरकारलाई अप्ठ्यारोमा पार्ने र जनआक्रोश बढाउने काममा गभर्नर अधिकारी लागिपरेका छन् । 

बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप लुकाउने , बैंकिङ प्रणालीमा आउन नदिने तथा आएपनि छैन भन्न लगाएर गभर्नर अधिकारीले अक्षम्य अपराध गरिरहेका छन् । तर, अर्थमन्त्रालयले सामान्य बिषयमा चासो राख्दा समेत केन्द्रीय बैंकको स्वायत्तता माथि हस्तक्षेप भयो भन्दै प्रचारबाजी गर्ने तथा गराउने गरेका छन् ।

सो बारेमा बुझ्न पटक पटक गभर्नर अधिकारीको मोबाइलमा सम्पर्क गर्दा समेत उनले फोन उठाएनन् । मोबाइलमा फोन नउठेपछि उनको सचिवामा फोन गर्दा, त्यहाँ रहेका एक अधिकृतले भने – गभर्नर साप असगर अलिसँगको छलफलमा हुनुहुन्छ । केपी आलीले पठाएको भन्दै अलि जी आउनु भएको थियो । झण्डै तीन घण्टा हुन लाग्यो, के विषयमा छलफल भएको हो, खै मलाई त थाहा भएन । ती कर्मचारीले आफूलाई गभर्नरले कोही कसैको फोन पनि टान्सफर नगर्न तथा भित्र नपाठाउन भनेको बताए ।

प्रतिक्रिया दिनुहोस