रक्षामन्त्री रिजालबाट कांग्रेस महामन्त्रीमा उम्मेदवारी घोषणा

सफल खबर संवाददाता

शुक्रबार, २४ मंसिर २०७८, ११ : ४३
रक्षामन्त्री रिजालबाट कांग्रेस महामन्त्रीमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसका नेता डा‍‍.मीनेन्द्र रिजालले पार्टीको १४ औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन । राजधानीमा आज बिहान पत्रकार सम्मेलन गरी रिजालले उम्मेदवारी घोषणा गरेका हुन । रक्षामन्त्री समेत रहनु भएका रिजालले संस्थापन इतर समूहबाट उम्मेदवारी घोषणा गरेका हुन ।

पत्रकार सम्मेलनमा उनले संस्थापन इतरबाट सभापतिमा साझा उम्मेदवार बनाउने कोशिस जारी रहेको बताए। उनले महाधिवेशनपछि देउवा निबर्तमान सभापति बन्ने पक्का रहेको जिकीर पनि गरे ।

कांग्रेस महामन्त्रीमा गगन थापा र बालकृष्ण खाँडले पनि उम्मेदवारी घोषणा गरिसकेका छन् । खाँडले संस्थापन पक्षबाट उम्मेदवारी घोषणा गर्नुभएको हो भने थापाले आफ्नो कुनै समूह नरहेको जिकीर गरेका छन ।

उता, पार्टीमा छुट्टै गूट चलाउँदै आएका कृष्ण सिटौला भने संस्थापन समूहको उपसभापति बस्न तयार भएका छन । आफ्नो समूहको वैठकमा सिटौलाले आफू शेरबहादुर देउवा पक्षबाट उपसभापति बन्ने जानकारी दिएको बुझिएको छ । बैठकमा सिटौलाले युवा नेता प्रदीप पौडेललाई सहमहामन्त्रीको उम्मेदवार बनाउने पनि बताइएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस