विश्लेषण

पछिल्ला अठ्ठाइस दिनमा आठ दिन प्रचण्ड चितवनमा

सूर्यप्रकाश कँडेल

आइतबार, १६ बैशाख २०७५, १६ : ३६
पछिल्ला अठ्ठाइस दिनमा आठ दिन प्रचण्ड चितवनमा

चितवन । नेकपा माओवादी केन्दका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पछिल्लो समय चितवनमा निकै आउजाउ गरिरहनु भएको छ । पछिल्लो अठ्ठाइस दिनलाई नियाल्दा अध्यक्ष प्रचण्ड आठ दिन चितवनका विभिन्न कार्यक्रममा सहभागी हुनु भएको देखिन्छ ।
पछिल्लो पटक पूर्वप्रधानमन्त्री प्रचण्ड बैशाख ११ गते चितवन आएर १२ गते काठमाडौं फर्कनु भयो । त्यसभन्दा अघि बैशाख पाँच गते प्रचण्ड चितवन आउनु भएको थियो । चैत महिनामा प्रचण्ड पाँच दिन चितवनमा रहनु भयो । चैतको १९ गते चितवन आउनु भएका प्रचण्ड २० गते काठमाडौं फर्कनु भयो । चैत २५ गते चितवन आउनु भएका प्रचण्ड त्यसपछि चैतको २९ गते पुनः चितवन आएर ३० गते काठमाडौं फर्कनु भयो ।
प्रचण्ड पुग्नु भएका  कार्यक्रम
बैशाख १२ गते
१) प्रेस सेन्टर नेपाल चितवन शाखाले आयोजना गरेको चितवनको विकास र समृद्धिबारे अन्तक्र्रिया
२) नेपाल नेत्रज्योति संघको २५ औं केन्द्रीय सभालाई सम्बोधन
३) भरतपुर महानगरपालिका–२१ पार्वतीपुरमा आयोजित ज्येष्ठ नागरिक सम्मान तथा स्वास्थ्य शिविर कार्यक्रमको उद्घाटन
बैशाख ११ गते
१) भरतपुर विमानस्थलमा पत्रकार भेटघाट
बैशाख ५ गते
१) भरतपुर महानगरपालिका–२८ मा रहेको साझापुर माध्यमिक विद्यालयमा स्थानीय राजकुमार मुसहरका नौ वर्षीय छोरा अरुण मुसहर र सुरज माझीका चार वर्ष छ महिनाका छोरा पत्रुस माझीलाई भर्ना गरी अभिभावकत्व ग्रहण ।
चैत ३० गते
१) बाँदरमुढे सहयोग समितिले माडीमा आयोजना गरेको छलफल कार्यक्रममा सहभागी ।
चैत २९ गते
१) पत्नी सीता दाहालका भाइ महाप्रसाद पौडेलको निधनको सातौँ दिनमा माओवादी केन्द्र भरतपुर महानगरपालिका–१४ नं. वडा समितिले आयोजना गरेको श्रद्धाञ्जलि सभामा सहभागी ।
२) पश्चिम चितवनको सुन्दरबस्तीस्थित आधारभूत विद्यालयको स्वर्ण महोत्सवको उद्घाटन ।
३) गुञ्जनगर माध्यमिक विद्यालयको स्वर्ण महोत्सवमा सहभागी ।
चैत २५ गते
१) भरतपुर अस्पतालको ५५औँ वार्षिकोत्सवमा सहभागी ।
चैत २० गते
१) नेपालको पहिलो सहकारी संस्था बखान बहुउद्देश्यीय सहकारी संस्थाले शारदानगरमा आयोजना गरेको बखान राष्ट्रिय सहकारी संग्रहालयको शिलान्यास गरी ६१ औँ राष्ट्रिय सहकारी दिवस कार्यक्रममा सहभागी ।
चैत  १९ गते
१) भरतपुर विमानस्थलमा पत्रकारसँग भेटघाट ।
चितवनमा निकै आउजाउ गरिरहनु भएका प्रचण्ड चितवनमा आउनेबित्तिकै भरतपुर विमानस्थलमा प्रेस मिट आयोजना हुने गरेको छ । बैशाख ११ गते भरतपुर विमानस्थलमा नेपाल प्रेस सेन्टर चितवन शाखाले आयोजना गरेको प्रेसमिटमा बोल्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘म दिनदिनैजस्तो चितवन आइरहेको छु । सधैं यसरी प्रेस मिट राखिरहनु पर्छ भन्ने लाग्दैन । नराख्दा राम्रो हुने थियो ।’
चितवन आइरहनुको कारण
‘दुई पटक प्रधानमन्त्री भइसकेको व्यक्ति अध्यक्ष प्रचण्डलाई अहिले चितवनले पाएको छ’ नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज इश्वरी भट्टराई भन्नुहुन्छ, ‘उहाँ प्रधानमन्त्री हँुदादेखि नै चितवनको विकासका लागि चिन्तित हुनुहुन्थ्यो । चितवनका लागि बजेट र विकासका योजना पनि पार्नु भएको छ । चुनाव जितेर गएका नेता फर्किंदैनन् भन्ने परिपाटीलाई अध्यक्ष प्रचण्डले गलत सावित गर्नु भएको छ । अध्यक्षलाई चितवन बढी आइदिनुप¥यो भनेर हामीले आग्रह गर्छौं । उहाँले स्वीकार्नु हुन्छ । यसमा चितवनका जनता पनि खुुशी छन् ।’

प्रतिक्रिया दिनुहोस