कास्की । पोखरामा आज बिहान भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । पृथ्वी राजमार्गस्थित पोखरा महानगरपालिका–२६ विजयपुरमा लेखनाथबाट पोखरातर्फ आउँदै गरेको लु२ ख२९४८ नंको फलामे छड (रड) बोकेको ट्रक आफैं अनियन्त्रित भई बिहान अन्दाजी ४ः३० बजे नालीमा पल्टिएको थियो ।
घटनामा परी घाइते भएका लमजुङ पार्चे बस्ने ४२ वर्षीय भीमबहादुर तामाङ र नाम, थर, वतन नखुलेका अन्दाजी ४०÷४५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए ।
दुर्घटनामा घाइते भएपछि दुवै जनालाई उद्धार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएकामा बिहान ५ः५५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए । प्रहरीले दुवै जना ट्रकका चालक र सहचालक हुनसक्ने जनाएको छ । सवारीधनी र घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रनाउ तिवारीले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २४ मंसिर २०७८, १० : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नवलपरासीमा बस र ट्रक ठोक्किँदा १३ जना घाइते
गुल्मीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते
धनुषामा बस दुर्घटना, चालकसहित १७ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
मोटरसाइकल दुर्घटनामा चालककाे मृत्यु