काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले कुनै पनि प्रकारका सामाजिक सञ्जाल चलाउने नगरेको उनको सचिवालयले स्पष्ट गरेको छ ।
पूर्व राजाको सम्वाद सचिवालयले एक सूचना जारी गर्दै राष्ट्रिय समसामयिक घटनाका सन्दर्भ राष्ट्र र जनताको हितसँग सम्वद्ध साझा चासो र चिन्ताको विषयप्रति ध्यान राख्नु स्वभाविक भएपनि उनले कुनै पनि खालका सामाजिक सञ्जाल नचलाउने गरेको सूचनामा उल्लेख गरिएको छ ।
सूचनामा भनिएको छ, 'मौसुफबाट ट्विटर, फेसबुक वा कुनै पनि प्रकारका सामाजिक सञ्जाल सञ्चालन नगरिबक्सेको बेहोरा जानकारी गराइन्छ । यस्तो निराधार कपोलकल्पित भ्रमजालबाट मुक्त रहन सबैसँग आग्रह गर्दै आस्था र मर्यादामा आँच नपुर्याउन समेत अनुरोध गरिन्छ ।'
त्यस्तै पूर्व युवराज्ञी हिमानी शाहले पनि सामाजिक सञ्जाल नचलाउने सूचनामा जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २३ मंसिर २०७८, २० : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय समस्या समाधानपछि मात्रै निर्वाचनमा जानुपर्नेमा पूर्वराजा ज्ञानेन्द्र शाहको जोड
यो नेपाल र नेपालीका लागि प्रार्थना गर्ने समय हो: ज्ञानेन्द्र शाह
पूर्वपञ्चहरुको ‘लञ्च’ बैठकमा पूर्वराजा ज्ञानेन्द्र शाहको द्विविधा, यसरी भयो छताछुल्ल
राजावादी आन्दोलन सेलाएपछि ज्ञानेन्द्र आफैं सक्रिय, नगरकोट बसेर बनाए यस्तो योजना...