काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले कुनै पनि प्रकारका सामाजिक सञ्जाल चलाउने नगरेको उनको सचिवालयले स्पष्ट गरेको छ ।
पूर्व राजाको सम्वाद सचिवालयले एक सूचना जारी गर्दै राष्ट्रिय समसामयिक घटनाका सन्दर्भ राष्ट्र र जनताको हितसँग सम्वद्ध साझा चासो र चिन्ताको विषयप्रति ध्यान राख्नु स्वभाविक भएपनि उनले कुनै पनि खालका सामाजिक सञ्जाल नचलाउने गरेको सूचनामा उल्लेख गरिएको छ ।
सूचनामा भनिएको छ, 'मौसुफबाट ट्विटर, फेसबुक वा कुनै पनि प्रकारका सामाजिक सञ्जाल सञ्चालन नगरिबक्सेको बेहोरा जानकारी गराइन्छ । यस्तो निराधार कपोलकल्पित भ्रमजालबाट मुक्त रहन सबैसँग आग्रह गर्दै आस्था र मर्यादामा आँच नपुर्याउन समेत अनुरोध गरिन्छ ।'
त्यस्तै पूर्व युवराज्ञी हिमानी शाहले पनि सामाजिक सञ्जाल नचलाउने सूचनामा जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २३ मंसिर २०७८, २० : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यो नेपाल र नेपालीका लागि प्रार्थना गर्ने समय हो: ज्ञानेन्द्र शाह
पूर्वपञ्चहरुको ‘लञ्च’ बैठकमा पूर्वराजा ज्ञानेन्द्र शाहको द्विविधा, यसरी भयो छताछुल्ल
राजावादी आन्दोलन सेलाएपछि ज्ञानेन्द्र आफैं सक्रिय, नगरकोट बसेर बनाए यस्तो योजना...
राजावादी आन्दोलनको कमाण्डर फेर्ने तयारीमा पूर्व राजा ज्ञानेन्द्र शाह
पूर्वराजा ज्ञानेन्द्रलाई महानगरले हुलाकबाट पठायो जरिवानाको पत्र
पूर्व राजाले बुझ्न मानेनन् महानगरपालिकाको जरिवाना पत्र