काठमाडौँ । नेकपा (एमाले)को दोस्रो केन्द्रीय कमिटी बैठक भक्तपुरमा बस्ने भएको छ ।
एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले ठाउँको अभावले भक्तपुरको गट्ठाघरस्थित जर्मन होममा बैठक बस्ने जानकारी दिए । यसअघि ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्ने गरेको थियो ।
यही मङ्सिर २५ र २६ गते एमालेको केन्द्रीय कमिटी बैठकमा स्थायी कमिटी गठन, पोलिटब्यूरो गठन, विभिन्न विभाग गठनलगायत एजेन्डा रहेका छन् । यही मङ्सिर १० देखि १४ गतेसम्म भएको एमालेको दसौँ राष्ट्रिय महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा ३०१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरेको थियो ।


प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, २२ मंसिर २०७८, १३ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेको जारी एघारौँ महाधिवेशन अन्तर्गत उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन (सूची)
ओलीतिर फर्किदै असन्तुष्ट नेताहरु
काशी र प्रदीपलाई ओलीको फोन– 'अन्याय हुन दिन्नँ, सहयोग गर्नुस्'
एमाले महाधिवेशन : यिनिहरु भए निर्विरोध निर्वाचित
एमाले महाधिवेशन : आज मतदान, ओली-पोखरेल समूहबीच भिडन्त, कसले मार्ला बाजी ?
आनन्द पोखरेलले दिए एमाले उपमहासचिवमा उम्मेदवारी