एजेन्सी । भारतमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन बढेको र यसका कारण अागामी वर्षको फेब्रुवरीसम्म तेस्रो लहर सुरु हुने विज्ञहरुले चेतावनी दिएका छन् । इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजीका वैज्ञानिक महिन्द्र अग्रवालले अागामी फेब्रुवरीसम्म दैनिक कोभिड संक्रमितको संख्या एक लाख ५० हजार पुग्ने अनुमान गरेका छन् ।
‘भारत सामान्य अवस्थामा फर्किरहेका बेला अोमिक्रोनका बिरामी देखिनु ठूलो धक्का हो । समयमै पर्याप्त कदम चालिएन भने हामी तेस्रो लहरको जोखिममा पर्नेछौं, अग्रवालले भने । अोमिक्रोन भेरयन्ट डेल्टाजस्तो खतरा नभएको पनि उनले बताए । अोमिक्रोन चाँडै सर्ने भए पनि जोखिम भने कम भएको उनको भनाइ छ ।
त्यस्तै,भारतीय मेडिकल एसोसियसन (आईएमए) ले नयाँ भेरियन्टसँगै भारतमा तेस्रो लहर अाउने चेतावनी दिएको छ । तर, दोस्रो लहर जस्तो तेस्रो लहर घातक नहुने आईएमएले जनाएको छ ।
भारतमा २१ जनामा अोमिक्रोन भेरियन्ट देखिएको छ । राजस्थानमा नौ, महाराष्ट्रमा अाठ, कर्नाटकमा दुई जनामा, गुज्रात तथा दिल्लीमा एक एक जनामा ओमिक्रोन देखिएको हो । दक्षिण कोरियाबाट अाएका र उनीहरुको सम्पर्कमा रहेका व्यक्तिमा ओमिक्रोन देखिएको हो । अहिलेसम्म नेपाल, अमेरिका, अस्ट्रेलिया, बेलायत, नेदरल्यान्डसहित ४५ देशमा ओमिक्रोन देखिएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, २२ मंसिर २०७८, १० : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वकप सुपर-८: सेमिफाइनल प्रवेशका लागि आज भारत र वेस्ट इन्डिज बिच भिडन्त
टी-२० विश्वकप : भारतसँग जिम्बावे ७२ रनले पराजित
नेपाल र भारतबीच जैविक विविधता संरक्षणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
आइसीसी टी-२० विश्वकप : भारतसँग नेदरल्याण्ड्स १७ रनले पराजित
आईसीसी टी–२० विश्वकप : भारतसँग पाकिस्तान ६१ रनले पराजित
टी-२० विश्वकप: भारत र पाकिस्तानबीच आज महाभिडन्त, वर्षाको खतरा