साझा उम्मेदवार सहमतिनजिक पुगेका छौँ : पौडेल

सफल खबर संवाददाता

मंगलबार, २१ मंसिर २०७८, १९ : ००
साझा उम्मेदवार सहमतिनजिक पुगेका छौँ : पौडेल

काठमाडौं । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो समूहबाट सभापतिमा साझा उम्मेदवार बनाउनका लागि भएको छलफल सहमति नजिक पुगेको बताएका छन् ।

चाक्सीबारीमा दिनभर भएको छलफलपछि पत्रकारसँग कुरा गर्दै वरिष्ठ नेता पौडेलले सहमति नजिक पुगेको र बुधवार बिहान बसेर टुंगो लगाइने बताए । उनले सहमतिको बारेमा थप केही बताउन चाहेनन् ।

महामन्त्री शशांक कोइरालाले भने पौडेललाई समर्थन गर्दै आफ्नो दाबेदारी फिर्ता लिएका छन् । प्रकाशमान सिंह र शेखर कोइरालाले दावी फिर्ता ल्एिको बताएका छैनन् । नेताहरु बुधबार विहान ९ बजे बस्ने गरी उठेका छन् ।

प्रतिक्रिया दिनुहोस