ठिमुरा देवघाट जोड्ने पुल निर्माणमा लापरबाही गर्ने ठेकेदारलाई किन भएन कारबाही ? किन लुकाइयो छानबिन समितिको प्रतिबेदन ?

प्रकाश सिग्देल

मंगलबार, २१ मंसिर २०७८, १७ : ४१
ठिमुरा देवघाट जोड्ने पुल निर्माणमा लापरबाही गर्ने ठेकेदारलाई किन भएन कारबाही ? किन लुकाइयो छानबिन समितिको प्रतिबेदन ?

चितवन । चितवनको ठिमुरा र तनहुँको देवघाट घिनाटार जोड्ने पुल निर्माणमा लापरबाही गर्ने कम्पनीलाई सरकारले कारबाही नगरेको भन्दै स्थानीयहरुले आक्रोश पोखेका छन् । गएको चैत २४ गते निमार्णाधीन पुल त्रिशुली नदीमा खस्दा २ जना भारतीय मजदुरको मृत्यु भएको थियो भने ६ जना घाइते भएका थिए ।

निर्माणमा क्रममा ३ पटकसम्म भत्किन पुगेको पुल निर्माण कम्पनीलाई कुनै कारबाही नै नगरी पुनः सडक डिभिजन कार्यालय चितवनले निर्माण कार्य गर्न अनुमती दिएपछि सरकारी मिलेमतोमा निर्माणमा लापरबाही भएको प्रष्ट भएको छ ।  

ठेकेदार कम्पनी र सडक डिभिजन कार्यालय चितवनको चरम लापरबाहीृका कारण पुल पटकपटक भत्किन पुगेको र पुलको अहिलेको यथार्थ प्राविधिक रिपोर्ट सार्वजनिक नगरी त्यहीबाट फेरि निर्माण कार्य सुरु गर्न लागिएकोमा स्थानिय चिन्तित बनेका छन् । मन्त्रालयले सरकारले यथार्थ छानबिनका लागि प्राबिधिक बिज्ञसहितको छानबिन समिति बनाएको थियो । तर त्यो समितिले रिपोर्ट नै सार्वजनिक नगरेको पुल निर्माण समितिका अध्यक्ष टंकनाथ पौडेलले बताए ।

लापरबार्ही गर्ने ठेकेदारलाई कारबार्ही हुनुपर्ने र  प्राबिधिक रिपोर्टका आधारमा पुलको बाँर्की काम अगाडि बढाएर निर्माण कार्यलाई गति दिन ढिला गर्न नहुने उनी बताउँछन् ।  आफूहरुले यहाँ क्षमा पुजा गरेर काम गर्ने तयारी गरेको उनको भनाई छ । सडक डिभिजन कार्यालय चितवनका प्रमुख बाबुराम सापकोटाले अहिलेसम्म छानबिन समितीले तयार पारेको रिपोर्ट आफुहरुकोमा नआएको बताए । आफु पुल भाँचिएपछि मात्रै डिभिजनमा आएकाले बिगतको कामको जानकारी आफुलाई नभएको उनि बताउँछन् । अव निर्माण समिति, ठेकेदार र कार्यालयले समन्वय गरि काम थाल्ने उनको भनाइ छ ।

निमार्णको लगभग अन्तिम चरणमा पुगेका बेला पुलको ढलान भएको ४०–४० मिटरको दुईबटा स्याल्यावबै भाचिएर खसेको थियो भने बन्दै गरेको स्टीलको ८० मिटरको संरचना समेत भाचिदा २ जना मजदुरको मृत्यु भएको थियो । इलाइट, एड्भेन्चर र इन्द्रेणी जेभी गरी तीन कम्पनी मिलेर बनाउँदै गरेको पुल ढलान गरेको २१ दिनको दिनमा भाचिएको थियो । २२० मिटर लामो र ८.५ मिटर चौडाइको पुलको ८० मिटर ढलान र ८० मिटर स्टिलको संरचना भाँचिएको हो ।

ठेकेदारले समयमा नै काम नसकेको भन्दै स्थानीयले पटकपटक विरोध गर्दै आएको सो पुलको सुरुमा १६ करोडको लागतमा ठेक्का सम्झौता भएको थियो । पछि पुलको डिजाइन ‘रिभ्यू’ गरेर २१ करोड ६८ लाख पु¥याइएको थियो । डिजाइन संशोधनको नाममा १८ महिना, भूकम्प र नाकाबन्दीको नाममा करिब एक वर्ष काम रोकिएको थियो । दुई दुई पटकसम्म म्याद थप गरिएको भए पनि पुल समयमा निर्माण गर्न ठेकेदार कम्पनी असफल भएको थियो । ठेकेदारले समयमा नै पुलको काम नगरेपछि महालेखा परीक्षकको कार्यालयले समेत सडक डिभिजन कार्यालयसँग जवाफ माग गरेको थियो ।

निमार्णकै क्रममा पुल भाचिएपछि सरकारले छानबिनका लागी समित समेत बनायो तर समितिले प्रतिबेदन नै लुकाएर ठेकेदारलाई उन्मुक्ति दिएको छ । २०७१ कात्तिक २० गते ठेक्का सम्झौता भई शिलान्यास गरिएको पुल २०७४ कात्तिक २० गते भित्र बनाइ सक्नुपर्ने थियो । गएको चैत्र २४ गते निमार्णकै क्रममा पुल भाँचिएर नदिमा खसेको हो । 

प्रतिक्रिया दिनुहोस