काठमाडौ । काठमाडौंको कोटेश्वरमा ट्रकमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ । कोटेश्वरस्थित आकाशे पुलनजिकै रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा चालक भक्तपुरको ठिमीका ३५ वर्षीय सुरज खलाको मृत्यु भएको हो ।
सडक किनारामा रोकिराखेको ना ६ ख ३१५८ नम्बरको ट्रकमा गए राति करिब २ बजेतिर बागमती प्रदेश–०२–०२७ प ५९३७ नम्बरको मोटरसाइकल ठोक्किएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका खलाको उपचारका क्रममा सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त ट्रकसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २१ मंसिर २०७८, ११ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नवलपरासीमा बस र ट्रक ठोक्किँदा १३ जना घाइते
गुल्मीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते
धनुषामा बस दुर्घटना, चालकसहित १७ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
मोटरसाइकल दुर्घटनामा चालककाे मृत्यु