काँग्रेस बागमती प्रदेशको पदाधिकारीतर्फको अन्तिम मतपरिणाम सार्वजनिक

सफल खबर संवाददाता

मंगलबार, २१ मंसिर २०७८, ०८ : २३
काँग्रेस बागमती प्रदेशको पदाधिकारीतर्फको अन्तिम मतपरिणाम सार्वजनिक

काठमाडौं । नेपाली काँग्रेस बागमती प्रदेशको पदाधिकारीतर्फको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । यसअघि सभापतिमा देउवा समूहका ईन्द्र बानियाँ विजयी भएको घोषणा गरिएपनि पदाधिकारीका अन्य पदको मतगणना जारी थियो । 

सोमबार सम्पन्न मतगणनाअनुसार उपसभापतिको दुई पदमा चन्द्र महर्जन र मोहन बस्नेत विजयी भएका छन् । बस्नेत देउवा समूहका हुन् भने महर्जन पौडेल समूहका हुन् । महर्जन १०३७ मतका साथ विजयी भएका हुन् भने बस्नेतले १०५९ मत पाए । 

यसैगरी महामन्त्रीमा कञ्चनचन्द्र बादे र राजु श्रेष्ठ विजयी हुँदा महिलातर्फको सहमहामन्त्रीमा जीवन डंगोल विजयी भइन् । यस्तै खुलातर्फको सहमहामन्त्रीमा ऋषिराम घिमिरे र हरिशरण श्रेष्ठ विजयी भए ।

प्रतिक्रिया दिनुहोस