काठमाडौं । भारत, बेलायत र अमेरिकाका लागि प्रस्तावित राजदूतको संसदीय सुनुवाइ आज सोमबार हुँदैछ । त्यसका लागि बिहान ११ बजे संसदीय सुनवाइ विशेष समितिको बैठक बस्दैछ ।
यअसघि ५ मंसिरका लागि सुनुवाइ निर्धारण भए पनि कोरम नपुगेपछि सरेको थियो । १५ सदस्यीय समितिमा अहिले ११ सदस्य रहेका छन् । पाँच जना मात्रै उपस्थित भएपछि बैठक स्थगित गरिएको थियो ।
समितिको अर्को बैठक १७ मंसिरमा तय भएको थियो । तर, १७ गतेको बैठकमा पनि कोरम नपुग्ने भएपछि आजका लागि सारिएको थियो । ११ कात्तिमा बसेको मन्त्रिपरिषद्ले भारतका लागि शंकर शर्मा, बेलायतका लागि ज्ञानचन्द्र आचार्य र अमेरिकाका लागि श्रीधर खत्रीलाई राजदूत सिफारिस गरेको थियो ।
समितिले १० दिने उजुरी आह्वान गरेर सुनुवाइका लागि बैठक बोलाए पनि कोरम नपुग्दै सुनुवाइ नै हुन सकेको छैन । संसदीय सुनुवाइले अनुमोदन गरेपछि राष्ट्रपतिबाट राजदूत नियुक्त हुने संवैधानिक व्यवस्था छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २० मंसिर २०७८, १० : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
५ देशका राजदूतले राष्ट्रपतिलाई बुझाए ओहोदाको प्रमाणपत्र
६ राजदूतले दिए राजीनामा
४ देशका राजदूतद्वारा राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश
सरकारले रिक्त राजदूत पदमा अहिले कुनै नियुक्ति नगर्ने
११ राजदूतलाई फिर्ता बोलाउँदा ६ देशका यी राजदूत किन भएनन् फिर्ता ?
गृहमन्त्रीसँग पाँच देशका राजदूतको भेट