काठमाडौं । सङ्घीय संसद्को हिउँदे अधिवेशन मङ्सिर २८ गतेदेखि सुरु हुँदैछ । अघिल्लो अधिवेशन विधायिकी प्रक्रिया अघि बढाउन सङ्घीय संसद् असफल भएको थियो । हिउँदे अधिवेशनमा विचाराधीन विधेयक अघि बढाउने चुनौती छ । सङ्घीय संसद्मा अहिले पनि ५७ विधेयक विचाराधीन छन् ।
अघिल्लो अधिवेशनले विधायिकी प्रक्रिया अघि बढाउन सकेको थिएन । एउटा पनि कानुन तर्जुमा नगरी अधिवेशन अन्त्य गरिएको थियो । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को निरन्तरको अवरोधका कारण विधायिकी प्रक्रिया अवरुद्ध भएको थियो ।
त्यसै कारण अधिवेशन कात्तिक १२ गते अन्त्य गरिएको थियो । तर आउँदो अधिवेशनमा पनि आफ्ना एजेन्डा यथावत रहेको जनाउ प्रतिपक्षी एमालेले दिएको छ । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, २० मंसिर २०७८, ०८ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल राष्ट्र बैंक(तेस्रो संशोधन) विधेयक, २०८३ सर्वसम्मतिले स्वीकृत
निजामती विधेयकको मस्यौदामा तीन हजार पाँच सय सुझाव
विघटनपछि निष्क्रिय विधेयक आगामी संसद्का लागि ‘खुराक’
अन्तरिम सरकारले ल्याएको पहिलो विधेयक राष्ट्रिय सभामा दर्ता
विधायन व्यवस्थापन समितिमा जलस्रोत विधेयकमाथि दफावार छलफल हुँदै
भूमि विधेयकबारे कांग्रेस महामन्त्री थापा र प्रमुख सचेतक घिमिरेसँग गृहमन्त्रीको छलफल