काठमाडौं । सङ्घीय संसद्को हिउँदे अधिवेशन मङ्सिर २८ गतेदेखि सुरु हुँदैछ । अघिल्लो अधिवेशन विधायिकी प्रक्रिया अघि बढाउन सङ्घीय संसद् असफल भएको थियो । हिउँदे अधिवेशनमा विचाराधीन विधेयक अघि बढाउने चुनौती छ । सङ्घीय संसद्मा अहिले पनि ५७ विधेयक विचाराधीन छन् ।
अघिल्लो अधिवेशनले विधायिकी प्रक्रिया अघि बढाउन सकेको थिएन । एउटा पनि कानुन तर्जुमा नगरी अधिवेशन अन्त्य गरिएको थियो । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को निरन्तरको अवरोधका कारण विधायिकी प्रक्रिया अवरुद्ध भएको थियो ।
त्यसै कारण अधिवेशन कात्तिक १२ गते अन्त्य गरिएको थियो । तर आउँदो अधिवेशनमा पनि आफ्ना एजेन्डा यथावत रहेको जनाउ प्रतिपक्षी एमालेले दिएको छ । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, २० मंसिर २०७८, ०८ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विधायन व्यवस्थापन समितिमा जलस्रोत विधेयकमाथि दफावार छलफल हुँदै
भूमि विधेयकबारे कांग्रेस महामन्त्री थापा र प्रमुख सचेतक घिमिरेसँग गृहमन्त्रीको छलफल
मधेस प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण
मन्त्री गुप्ताले राष्ट्रिय सभामा निजामती विधेयक पेस गर्ने
कर्मचारी विधेयक सधैँको सकस
शिक्षा समितिमा विद्यालय शिक्षा विधेयकमाथि छलफल हुने