काठमाडौ । गृहमन्त्री रमेश लेखकले भूमि विधेयकका विषयमा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र प्रमुख सचेतक श्यामकुमार घिमिरेसँग छलफल गरेका छन्।
सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा आज सोमबार लेखकले थापा र घिमिरेसँग छलफल गरेका हुन्।
भूमि विधेयक संसदीय समितिमा लैजानुपर्ने पक्षमा थापा र अर्का महामन्त्री विश्वप्रकाश शर्मा छन्। तर सत्ता नेतृत्वकर्ता नेकपा एमाले भने सदनबाट पास गरिहाल्नुपर्ने पक्षमा छ।
थापा र शर्माले असहमति जनाउँदै संशोधन हालेका छन्। भूमि विधेयकलाई यसअघि नै सदनमा निर्णयार्थ पेस गर्न लागिएको थियो। सोहीअनुसार संसद्को कार्यसूचीमा राखिएको थियो। तर महामन्त्री शर्माले आपत्ति जनाएपछि कार्यसूचीबाट हटाइएको थियो।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०६ साउन २०८२, १३ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल राष्ट्र बैंक(तेस्रो संशोधन) विधेयक, २०८३ सर्वसम्मतिले स्वीकृत
निजामती विधेयकको मस्यौदामा तीन हजार पाँच सय सुझाव
विघटनपछि निष्क्रिय विधेयक आगामी संसद्का लागि ‘खुराक’
अन्तरिम सरकारले ल्याएको पहिलो विधेयक राष्ट्रिय सभामा दर्ता
विधायन व्यवस्थापन समितिमा जलस्रोत विधेयकमाथि दफावार छलफल हुँदै
मधेस प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण