काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच वार्ता हुने भएको छ । उनीहरुबीच आगामी मंगलबार भिडियो कन्फ्रेन्सिङमार्फत् वार्ता हुने भएको बताइएको छ । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभलाई उद्धृत गर्दै चिनियाँ समाचार समिति सिन्ह्वाले सो समाचार दिएको छ ।
प्रवक्ता पेस्कोभले रुसी समयानुसार मंगलबार साँझ दुई देशका राष्ट्रपतिकाबीचमा भिडियो वार्ता हुन लागेको हो । सो वार्ता कति लामो समयसम्म हुन्छ भनी सोधिएको एक प्रश्नमा प्रवक्ता पेस्कोभले उनीहरुको चाहनाअनुसार हुने जवाफ दिएका छन् । सो वार्ताका क्रममा युक्रेनलगायतका विषयमा कुराकानी हुने पनि उनले जानकारी दिनुभएको सो समाचार समितिले जानकारी दिएको छ ।(सिन्ह्वा )

प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, १९ मंसिर २०७८, १२ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वी प्रशान्त महासागरमा अमेरिकी डुंगा आक्रमण जारी पछिल्लो आक्रमणमा तीन जनाको मृत्यु
क्षेत्रीय शान्तिका लागि हिजबुल्लाहले आक्रमण रोक्नुपर्ने अमेरिकी अडान
चीनसँगको सहमतिले अमेरिकी किसानमा नयाँ भरोसा
अमेरिकी एफ-३५ लडाकू विमान आकस्मिक अवतरण, इरानी आक्रमणमा परेको आशंका
ग्रिनल्याण्ड वार्तालाई तत्काल अघि बढाउन अमेरिकी राष्ट्रपति ट्रम्पको आग्रह
अमेरिकी पूर्वउपराष्ट्रपति ह्यारिसले गरिन राजनीति छोड्ने घोषणा