काठमाडौँ । पूर्वअमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले राजनीति छोड्ने घोषणा गरेकी छन्। ‘द लेट सो विथ स्टिफन कोल्बर्ट’मा उनले अब क्यालिफोर्नियाको गभर्नर पदसहित कुनै पनि राजनीतिक पदका लागि उम्मेदवारी नदिने बताएकी हुन्। ह्यारिसले अमेरिकाको राजनीतिक प्रणाली आफूले सुधार गर्न नसक्ने गरी बिग्रिएको पनि बताइन्। क्यालिफोर्नियाको गभर्नर रहेकी ह्यारिसले भनिन्, ‘गभर्नर बन्नेबारेमा मैले धेरै सोचेकी थिएँ। मलाई मेरो राज्य क्यालिफोर्निया मन पर्छ तर अब मलाई लाग्छ कि प्रणालीमा परिवर्तन ल्याउने मेरो क्षमता कम भएको छ।’
‘तपाईँ जस्तो सक्षम व्यक्तिले प्रणाली बिग्रिएको भन्नु चिन्ताजनक छ’ भनेर राखिएको जिज्ञासामा उनले भनिन्, ‘म अब देशभर यात्रा गर्न र मानिससँग कुरा गर्न चाहन्छु। यो यात्रा भोट माग्नका लागि नभएर जनताका कुरा सुन्नका लागि हुनेछ।’
उनको नयाँ पुस्तक सेप्टेम्बर २३ मा सार्वजनिक हुँदैछ। जसमा उनले १०७ दिनको राष्ट्रपति चुनाव अभियानको अनुभव उल्लेख गरेकी छन्। ती १०७ दिनमा सबैभन्दा धेरै के कुराले अचम्मित बनायो भनेर सोध्दा ह्यारिसले भनिन्, ‘हरेक रात म प्रार्थना गर्थे कि आज मैले आफ्नो पूर्ण क्षमतासहित सबै काम गरेकी छु।’ ह्यारिस २०२४ को राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पसँग पराजित भएकी थिइन्।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, १८ साउन २०८२, ११ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा इरानमा सत्ता परिवर्तनको संकेत
हुथी विद्रोहीमाथि अमेरिकी आक्रमण, कम्तीमा ३१ जनाको मृत्यु
अमेरिकी दूतावासले भन्यो : एमसीसीका गतिविधि अस्थायी रूपमा रोकिएका हुन्
१० प्रतिशत कर लगाउने ट्रम्पको आदेशविरुद्ध चीनले प्रतिवाद गर्ने
अमेरिकी चुनावमा दलकारिता: न्यूयोर्क टाइम्स कमला र न्यूयोर्क पोस्ट ट्रम्प पक्ष