नयाँबजारको एक गार्मेन्टमा आगलागी

सफल खबर संवाददाता

शुक्रबार, १७ मंसिर २०७८, १५ : ४७
नयाँबजारको एक गार्मेन्टमा आगलागी

काठमाडौँ । काठमाडौंको नयाँबजारस्थित प्राइम कलेज नजिकै एक गार्मेन्टमा आगलागी भएको छ । 

प्रहरी वृत्त सोह्रखुट्टेका प्रहरी सहायक निरीक्षक तर्क बिकका अनुसार शुक्रबार दिउँसो २ बजेपछि सुुरु भएको आगलागी नियन्त्रणमा आएको छैन । हाल घटनास्थलमा काठमाडौं उपत्यकाको ३ वटा, नेपाल आर्मीको १ वटा, ललितपुर र भक्तपुको १/१ वटा गरी ६ वटा दमकल र अग्नि नियन्त्रक टोली परिचालन भएका छन् ।  

अहिले आगो निभाउने काम भइरहेको र आगलागीबाट कति क्षति भयो भन्नेबारे यकिन भइनसकेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस