नयाँदिल्ली । भारतमा हिजो बिहीबार नौ हजार २१६ जनामा कोरोना सङ्क्रमण देखा परेपछि कोरोनाको कूल सङ्क्रमितको सङ्ख्या तीन करोड ४६ लाख १५ हजार ७५७ पुगेको केन्दीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ ।
बिहीबार कोरोना सङ्क्रमणबाट ३९१ जनाको मृत्यु भएपछि कूल मृतकको सङ्ख्या चार लाख ७० हजार ११५ पुगेको छ । भारतमा अझै पनि ९९ हजार ९९६ जना सक्रिय सङ्क्रमित रहेका पनि समाचारमा जनाइएको छ ।
गएको २४ घण्टामा भारतमा आठ हजार ६१२ जना कोरोनाबाट मुक्त भएका छन् । यसैसँगै कोरोना शुरु भएयता हालसम्म तीन करोड ४० लाख ४५ हजार ६६६ जनालाई कोरोनाको सङ्क्रमण निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, १७ मंसिर २०७८, १४ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चाँदी आयातमा भारतको कडाइ, उच्च शुद्धतायुक्त सिल्भर ‘रिस्ट्रिक्टेड’ सूचीमा
सीमा क्षेत्रमा भारतको लगातार बाँध निर्माण, नेपाल सरकार मौन
नेपाललाई आवश्यक मल र इन्धन आपूर्ति निरन्तर रहने भारतको प्रतिबद्धता
भारत र चीनलाई सरकारले लेखेको ६ बुदे कूटनीत नोट
विश्वकप सुपर-८: सेमिफाइनल प्रवेशका लागि आज भारत र वेस्ट इन्डिज बिच भिडन्त
टी-२० विश्वकप : भारतसँग जिम्बावे ७२ रनले पराजित