नयाँदिल्ली । भारतमा हिजो बिहीबार नौ हजार २१६ जनामा कोरोना सङ्क्रमण देखा परेपछि कोरोनाको कूल सङ्क्रमितको सङ्ख्या तीन करोड ४६ लाख १५ हजार ७५७ पुगेको केन्दीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ ।
बिहीबार कोरोना सङ्क्रमणबाट ३९१ जनाको मृत्यु भएपछि कूल मृतकको सङ्ख्या चार लाख ७० हजार ११५ पुगेको छ । भारतमा अझै पनि ९९ हजार ९९६ जना सक्रिय सङ्क्रमित रहेका पनि समाचारमा जनाइएको छ ।
गएको २४ घण्टामा भारतमा आठ हजार ६१२ जना कोरोनाबाट मुक्त भएका छन् । यसैसँगै कोरोना शुरु भएयता हालसम्म तीन करोड ४० लाख ४५ हजार ६६६ जनालाई कोरोनाको सङ्क्रमण निको भएका छन् ।


प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, १७ मंसिर २०७८, १४ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इयू र भारत व्यापार सम्झौताको नजिक
भारतले जित्यो तीन खेलको वान डे सिरिज
भारतको काश्मिरमा प्रहरी चौकीभित्र विस्फोट: सात जनाको मृत्यु, ३० घाइते
नेपालले भारतलाई हरायो
भारतले गर्यो सीएमएस-०३ उपग्रहको सफल प्रक्षेपण
नेपाल-भारतबीच संयुक्त लगानी सम्झौतामा हस्ताक्षर