तेह्रथुम । नेकपा माओवादी केन्द्र तेह्रथुमले ६ वटै पालिकामा सर्वसहमत नेतृत्व चयन गरेको छ । केन्द्रले तेह्रथुममा दोस्राे पालिका सम्मेलनद्वारा नयाँ नेतृत्व सर्वसहमत चयन गरेको जनाएको छ ।
जिल्लाको छथर गाउँपालिकाको अध्यक्ष अनिल आङ्खेवा, उपाध्यक्ष डोलेन तिगेला, निरोज निरौला, डुढेन्द्र कटुवाल, सचिव लिलम खुलाल, सहसचिव नारायण लिम्बु र कोषाध्यक्ष मार्था कङ्दन्वा चयन भएका छन ।
त्यस्तै लालिगुराँस नगरपालिकामा अध्यक्ष छिरिङ लामा, उपाध्यक्ष दिलप्रसाद लिम्बू, टेकबहादुर मगर, टिका लिम्बू, सचिव हजेन्द्र संग्रौला, सहसचिव पूर्ण पौड्याल र कोषाध्यक्षमा सिम्पल पिठा चयन भएका छन् ।
त्यस्तै, म्याङलुङ नगरपालिकामा अध्यक्ष दिपक कट्टेल, उपाध्यक्ष सोभा दाहाल, नुमबहादुर लिम्बू सन्तोस थेगुवा, सचिव प्रेम खड्का, सहसचिव थानेश्वर सोदेम्बा र कोषाध्यक्ष मंगला नेपाली चयन भएको माओवादी केन्द्र तेह्रथुमका जिल्ला समन्वय समितिका संयोजक ईन्द्र इम्सङले जानकारी दिए ।
मेन्छेयाम गाउँपालिका अध्यक्ष मनकुमार लिम्बु क्षितिज, उपाध्यक्ष बमबहादुर पंधाक, फुर्वा शेर्पा, कर्ण तामाग्ङ, सचिव योगेस भट्टराई, सहसचिव सुवास ढकाल, कोषाध्यक्ष सिता तामाङ चयन भएका छन ।
फेदाप गाउँपालिकामा अध्यक्ष टीका पयांगु , उपाध्यक्ष दयाराम भट्टराई , गौरी सापकोटा , रामेश्वर सुवेदी, सचिव शिव कुरुङवाङ, सहसचिव भिम भट्टराई र कोषाध्यक्ष प्रमिला लिम्बू चयन भएका छन् । आठराई गाउँपालिकाको अध्यक्षमा गणेश बिमली, उपाध्यक्ष जय कन्दङवा, उपाध्यक्ष रमिला खनाल, उपाध्यक्ष रत्न मणि ओली, सचिव रुद्र फोम्वो, सहसचिव सागर थिङलाबु र कोषाध्यक्षमा अन्जना पौठाक चयन भएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १७ मंसिर २०७८, १२ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अध्यक्ष दाहालद्वारा बुद्ध जयन्तीको शुभकामना
माओवादीले किन दिइरहेछ कोशीलाई असाधारण प्राथमिकता ?
किसानलाई मल र दूधको बक्यौता तत्काल उपलब्ध गराउन माग
करिब एक करोडजनतासँग प्रत्यक्ष संवाद गरिएको दाबी
पोखरा विमानस्थलको छानबिनमा सरकारलाई साथ दिन्छौं : देव गुरुङ
माओवादीले भन्यो-‘शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनमा सरकारले दमन गर्यो’