काठमाडौं । राप्रपाका अध्यक्ष कमल थापाले अब कहिल्यै पनि पार्टी नफुट्ने घोषणा गरेका छन् । आजदेखि सुरू भएको पार्टीको एकता महाधिवेशनमा उनले राप्रपाको अब अर्को एकता महाधिवेशन कहिल्यै नहुने बताएका हुन् ।
महाधिवेशनको शुभकामना दिन उपस्थित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूलाई कति पटक एकता महाधिवेशन गर्नुहुन्छ ? भन्ने प्रश्न गरेको प्रसङ्ग सुनाउँदै अब कहिल्यै नफुट्ने प्रतिबद्धता जनाएका हुन् ।
भृकुटीमण्डपमा राप्रपाको आजदेखि महाधिवेशन सुरु भएको हो । २०७३ सालमा विभिन्न पार्टी मिलेपछिको राप्रपाको यो पहिलो महाधिवेशन हो । महाधिवेशनको उद्घाटन गर्दै उनले अब पार्टी मन, वचन कर्मले एक भएको पनि बताए । यही महाधिवेशनलाई एकता महाधिवेशनका रुपमा स्थापित गर्नुपर्ने उनले जनाए । उनले महाधिवेशनको सन्देश गाउँगाउँसम्म पुर्याउन पनि कार्यकर्तालाई आग्रह गरे । सोही क्रममा उनले अब कहिल्यै पार्टी नफुट्ने नफुटाउने सन्देश पनि पुर्याउनु पर्ने बताए । योे महाधिवेशनले पार्टीको वैचारिक कार्यदिशा दिने पनि उनले बताए ।
उनले महाधिवेशनले नयाँ नेतृत्व सकेसम्म सर्वसहमतिबाट चयन हुने पनि बताए । तर, कुनै कारणले सहमति नभए प्रजातान्त्रिक प्रक्रियाअनुसार निर्वाचनले नयाँ नेतृत्व चयन गर्ने उनले बताए ।
यस्तै कार्यक्रममा उनले राप्रपा पुरानो व्यवस्थामा जान नखोजको पनि बताए । तर राजादेखि विप्लवसम्म अट्ने मौलिक प्रजातन्त्रको पक्षमा रहेको पनि बताए । राप्रपा मध्यमार्गी विचारको पक्षधर भएको बताए ।
उनले राप्रपाले धार्मिक स्तन्त्रता, समानता स्वीकार गर्ने पनि बताए । तर, सनातन धर्मको रक्षा र हिन्दू राष्ट्रको व्यवस्थासँगै जान सकिने पनि बताए । उनले राप्रपा कुनै एउटा धर्मको विरोधी नभएको पनि बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १५ मंसिर २०७८, १५ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुलुक भ्रष्टाचारको आहालमा डुब्यो, अब राजसंस्था चाहिन्छ : कमल थापा
पत्रकार पाठकलाई पक्राउ पुर्जीप्रति कमल थापाको आपत्ति
'न्यायको नौसिङ हुन्छ भन्थे, हो रहेछ' : कमल थापा
राजावादी आन्दोलनमा प्रहरी हस्तक्षेप, राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ
राजावादीका लागि अनुकूल समय आयो : कमल थापा
जनताको शान्तिपूर्ण बलमा हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापना गरेरै छाड्छौं : कमल थापा