५ अंकले बढ्यो नेप्से परिसूचक

सफल खबर संवाददाता

बुधबार, १५ मंसिर २०७८, १५ : ३०
५ अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं । सेयर बजार परिसूचक नेप्से ५.२८ अंकले बढ्दै २६३३.७५ अंकको बिन्दुमा कारोबार बन्द भएको छ । आज २२३ कम्पनीको ५३ लाख १० हजार २१५ कित्ता सेयर खरिदबिक्रीबाट २ खर्ब ७४ करोडको सेयर कारोबार भएको छ ।

यसैगरी सेन्सेटिभ परिसूचकमा समेत ०.८९ अंकले बढेर ४९६.७४ अंकको बिन्दुमा कारोबार बन्द भएको छ । समूहगत उपसूचकतर्फ होटल तथा पर्यटन, नीर्जीवन बीमा समूह, माइक्रोफाइनान्स समूह र जीवन बीमा समूहको सेयर कारोबार घटेको छ ।

यसैगरी बैंकिङ समूह, व्यपार समूह, विकास बैंक समूह, वित्तीय समूह, उत्पादन तथ प्रसोधन समूह, अन्य समूह, सामूहिक लगानीकोष समूह र उत्पादन समूहको सेयर कारोबारमा भने सामान्य अंकले बढेको छ । आज पनि सालिङ्ग जलविद्युत कम्पनी र न्याग्दी जलविद्युत कम्पनीको सेयर कारोबारमा सकारात्मक सर्किटब्रेक लागेको छ ।

१४ करोड ५३ लाख को कारोबार गर्दै नेपाल दुरसञ्चार कम्पनी कारोबार रकमका आधारमा अग्रस्थानमा छ ।

प्रतिक्रिया दिनुहोस