चितवन । नेकपा एमालेको अध्यक्ष पदका उम्मेदवार भीम रावलले मतदानका क्रममा आचारसंहिताविपरितको गतिविधि भएकोप्रति असन्तुष्टि जनाएका छन । उनले समूहगत सूची वितरण गरिएको प्रति आफूले निर्वाचन आयोगलाई जानकारी गराएको र प्रहरीलाई पनि त्यस्तो गतिविधि हुन नदिन आग्रह गरेको बताए ।
आफ्नो धारणा अनुसार नै नयाँ नेतृत्व चयनका लागि निर्वाचन भएकोप्रति भने रावलले खुसी व्यक्त गरेका छन् । ‘निर्वाचनमा जानुपर्छ भन्ने मेरो धारणा थियो । निर्वाचन सो धारणा अनुरुप नै भएको ठानेको छु’, मतदान सम्पन्न भएपछि सौराहास्थित सेभेनस्टार होटल परिसरमा रावलले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १४ मंसिर २०७८, ११ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले महाधिवेशन :अब बुधबार बिहान् ८ बजेबाट मात्रै मतदान
३ बजेलाई सर्यो एमाले महाधिवेशनको बन्द सत्र
एमाले महाधिवेशनको प्रतिनिधिमा तिमिल्सिना मनोनीत
एमाले महाधिवेशनका लागि च्यासलमा नमुना भोटिङ मेसिन राखियो
एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुने, १० हजार स्वयंसेवक परिचालिन गरिँदै
एमाले महाधिवेशन भृकुटीमण्डपमा हुने