चितवन । आफूले बन्दसत्रमा सार्वजनिक गरेको सूचीमा पदाधिकारीमा नअटाएका नेताद्वय घनश्याम भुसाल र भीम आचार्यलाई केन्द्रीय सदस्यमा भने अध्यक्ष केपी शर्मा ओलीले मत मागेका छन् ।
पदाधिकारीमा प्रतिस्पर्धा गरिरहेका सबै उम्मेदवारको नाम केन्द्रीय सदस्यमा पनि छ । ओलीले आफूसहित आफूले सार्वजनिक गरेका पदाधिकारी सूचीमा भएकालाई केन्द्रीय सदस्यमा मत नदिन भनेका छन् ।
मतदानस्थलमा बाँडिएको पर्चामा नेता भीम रावललाई अध्यक्ष र सदस्य दुवैमा मत नहाल्न उल्लेख छ । तर, आफ्नो सूचीभन्दा बाहिरबाट उपाध्यक्ष र सदस्य पदमा उम्मेदवार कायम भएका भुसाललाई भने सदस्यमा चैँ मतदान गर्न भनिएको छ ।
त्यसैगरी सचिव र सदस्य पदमा उम्मेदवारी कायम भएका टंकप्रसाद कार्कीलाई पनि दुवै पदमा मत नदिन ओलीका तर्फबाट सार्वजनिक गरिएको पर्चामा उल्लेख छ । तर, उपाध्यक्षका उम्मेदवार भुसाल र सचिवका उम्मेदवार भीम आचार्यलाई भने सदस्यमा मत दिन आह्वान गरिएको छ ।
ओलीले सार्वजनिक गरेअनुसार पदाधिकारीमा उम्मेदवारी दिएका सबैलाई खुला सदस्यमा भने मत नदिन भनिएको छ । मतदान स्थलमा ओलीका तर्फबाट बाँडिएको पर्चामा केन्द्रीय सदस्यको सूचीको क्रम संख्या ३० नम्बरमा रहेका भुसाल र ६१ नम्बरमा रहेका आचार्यलाई मत दिन भनिएको छ भने ३७ नम्बरमा रहेका कार्की र ६३ नम्बरमा रहेका रावललाई भने मत नदिने उल्लेख गरिएको छ ।
यसले कार्की र रावललाई केन्द्रीय कमिटीमा नअटाउन चाहेको र भुसाल र आचार्यलाई भने केन्द्रीय कमिटीमा ओलीले देख्न चाहेको अर्थमा एमालेका नेताहरूले बुझेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १४ मंसिर २०७८, ११ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले महाधिवेशन :अब बुधबार बिहान् ८ बजेबाट मात्रै मतदान
३ बजेलाई सर्यो एमाले महाधिवेशनको बन्द सत्र
एमाले महाधिवेशनको प्रतिनिधिमा तिमिल्सिना मनोनीत
एमाले महाधिवेशनका लागि च्यासलमा नमुना भोटिङ मेसिन राखियो
एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुने, १० हजार स्वयंसेवक परिचालिन गरिँदै
एमाले महाधिवेशन भृकुटीमण्डपमा हुने