काठमाडौँ । लमजुङमा बंैकिङ कसुरका फरार महिलालाई प्रहरीले पक्राउ गरेको छ । आज जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बँेसीसहर नगरपालिका–३ बसौला गाउँ बस्ने ३० वर्षीय प्रजिता गुरुङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए ।
उनका अनुसार पक्राउ परेका महिलालाई उच्च अदालत पाटनबाट विसं २०७७ पुस ५ गते एक दिन कैद र रु दुई लाख जरिवाना तोकेको थियो ।
सो लगत्तै फरार रहँदै आएकी ती महिलालाई पक्राउ गरी आजै जिल्ला अदालतमा पेस गरेको प्रहरीले जनाएको छ । महिलाले जरिवानाबापतको रकम बुझाएको र एक दिन कैदका लागि जिल्ला कारागारमा जेल चलान गरेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, १३ मंसिर २०७८, २१ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
७५० केजी गाँजासहित दुई जना पक्राउ
लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ
चार किलो ३ सय ग्राम कोकिनसहित तीन जना पक्राउ
निकोलस भुसाल पक्राउ
माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ
कटुवा पेस्तोलसहित युवा पक्राउ