काठमाडौँ । लमजुङमा बंैकिङ कसुरका फरार महिलालाई प्रहरीले पक्राउ गरेको छ । आज जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बँेसीसहर नगरपालिका–३ बसौला गाउँ बस्ने ३० वर्षीय प्रजिता गुरुङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए ।
उनका अनुसार पक्राउ परेका महिलालाई उच्च अदालत पाटनबाट विसं २०७७ पुस ५ गते एक दिन कैद र रु दुई लाख जरिवाना तोकेको थियो ।
सो लगत्तै फरार रहँदै आएकी ती महिलालाई पक्राउ गरी आजै जिल्ला अदालतमा पेस गरेको प्रहरीले जनाएको छ । महिलाले जरिवानाबापतको रकम बुझाएको र एक दिन कैदका लागि जिल्ला कारागारमा जेल चलान गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, १३ मंसिर २०७८, २१ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१७ करोडभन्दा बढीको क्रिप्टो कारोबारमा चिनियाँ नागरिक पक्राउ
नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ
४० हजार घुससहित सशस्त्र प्रहरी निरीक्षक पक्राउ
लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ
व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ
ठगी गरेको अभियोगमा एक जना पक्राउ