काठमाडौं । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा पूर्व अर्थमन्त्री वर्षमान पुनको स्वास्थ्यमा सुधार देखिएको छ । गत शुक्रबार बैंककबाट थप उपचारका लागि चीनको सेनजेनस्थित थर्ड पिपुल्स हस्पिटल अफ सेनसेज लगेर सोही दिनबाट उपचार सुरु गरिएको थियो । उपचार सुरु गरेको चौथो दिनमा नै नेता पुनको स्वास्थ्यमा प्रारम्भिक सुधार देखिएको सँगै रहेकी नेता पुनकी पत्नी तथा पूर्व सभामुख ओनसरी घर्तीले जानकारी दिइन् ।
पछिल्लो परीक्षण अनुसार नेता पुनलाई सताएको विश्वमै विरलै देखिने जण्डिस (बिलरुविनं) को मात्रा समेत घटेर १८ मा झरेको छ । यस अघि बैंककमा छाँदा बिलरुविनको मात्रा २२ थियो । बिलरुविन बढ्दा त्यसको प्रभावका कारण हुने वान्ता, शरीर चिलाउने, निद्रा नलाग्ने, खान मन नलाग्ने, शरीर सुन्निने जस्ता समस्या सुधार भएको छ ।
उपचारमा सहभागी चिकित्सकले नेता पुन खतरामुक्त रहेको र केही समयपछि निको भएर नेपाल फर्कन सक्ने बताएका नेता पुनको पूर्व स्वकीय सचिव तथा माओवादी केन्द्रीय सदस्य दुर्गा चापागाईँले जानकारी दिइन् । बंशाणुतग रूपमा रहेको जण्डिस दोहोरिएपछि नेता पुन असोज १३ गते बैंकक तर्फ लागेका थिए । नेपालमा हुँदा ललितपुरस्थित सुमेरू अस्पताल र यस अघि ग्राण्डी अस्पतालमा परीक्षण गराएका नेता पुनको भारतको एपोलो अस्पतालमा पनि उपचार गरिएको थियो । यस अघि जण्डिसकै कारण स्वास्थ्य अवस्था निक्कै गम्भीर भएका बेला नेता पुनको बैंककस्थित समितिभेज अस्पतालमा उपचार गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १३ मंसिर २०७८, १२ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेनजी पुस्तालाई वर्षमान पुनका तीन सुझाव
प्रधानमन्त्रीबाटै शिक्षकप्रति दमनको भाषा बोल्ने काम भयोः वर्षमान पुन
सरकार विचौलियाले चलाएको गगन थापाले नै पुष्टि गरिदिनु भयो : वर्षमान पुन
ओली सरकार असफल भइसक्यो, ढल्न मात्रै बाँकी छ : वर्षमान पुन
'भ्युटावर'वाला विकास मोडलमा गम्भीर त्रुटि छ : वर्षमान पुन
ओलीलाई वर्षमानको प्रश्न- भ्यू टावर बनाउँदा वरपर ५ हजार सुकुम्वासी छन् भन्ने किन बिर्सनुभयो ?