घनश्याम भुषालले गराए उपाध्यक्षमा उम्मेदवारी दर्ता

सफल खबर संवाददाता

सोमबार, १३ मंसिर २०७८, ०९ : ३३
घनश्याम भुषालले गराए उपाध्यक्षमा उम्मेदवारी दर्ता

चितवन । एमाले नेता घनश्याम भुसालले सौराहामा जारी एमालेको १० औं महाधिवेशनमा उपाध्यक्षमा उम्मेदवारी मनोनयन दर्ता गरेका छन्।  ओलीको सूचीमा केन्द्रीय सदस्यमा मात्रै प्रस्ताव गरेका नेता भुसालले आज बिहान उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन्।

वर्तमान उपमहासचिव भुसाललाई ओलीले आफ्नो पदाधिकारीको सूचीबाट हटाएका थिए। उनले महाधिवेशनको लागि एमाले उपाध्यक्षमा उम्मेदवारी दिने सार्वजनिक रुपमै घोषणा गरेका थिए। उम्मेदवारी दिने घोषणा गर्दागर्दा ओलीले पदाधिकारीमा नसमेटेपछि उनले आज उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन्।

यस्तै ओलीको सूचीमा ६ जना उपाध्यक्षमा विष्णु पौडेल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा र सुवासचन्द्र नेम्वाङको नाम प्रस्ताव गरिएको छ। यस अघि ओलीलाई चूनौती दिदैं नेता भिम रावलले अध्यक्षमा उम्मेदवारी दर्ता गराईसकेका छन् ।

प्रतिक्रिया दिनुहोस