काठमाडौं । बुटवल उपमहानगरपालिका कार्यालयको निर्माणाधिन भवनको विद्युत् विस्तारका क्रममा आज करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१२ घर भई हाल बुटवल–३ गोलपार्क बस्दै आएका ४७ वर्षीय बसन्त भुसाल रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख ठगबहादुर केसीले जानकारी दिए ।
करेन्ट लागेर घाइते भएका भुसालको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । करेन्ट लागेर सम्मरीमाई गाउँपालिकाका जीतेन्द्र लोध र बर्दियाको राजापुर नगरपालिकाका राजगोपाल चौधरी घाइते भएका छन् । दुवैको लुम्बिनी प्रादेशिक अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, १२ मंसिर २०७८, २० : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु
भीरबाट लडेर एक वृद्धाको मृत्यु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु
नदीमा ट्रक खस्दा चालकको मृत्यु