काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिको संयोजकमा वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे मनोनीत भएका छन ।समितिको यसअघिका संयोजक वरिष्ठ अधिवक्ता महादेवप्रसाद यादवले आफ्नो स्वास्थ्यका कारण पदबाट राजिनामा दिएपछि घिमिरेलाई आज संयोजकमा मनोनीत गरिएको पार्टी कार्यालयका कार्यवाहक मुख्यसचिव डा. प्रदीप पराजुलीले जानकारी दिए ।
सभापति शेरबहादुर देउवाले संयोजक यादवले पदबाट दिएको राजिनामा पार्टीको विधानबमोजिम आजै स्वीकृत गरे । वरिष्ठ अधिवक्ता घिमिरे यसअघि समितिको वरिष्ठ सदस्य थिए।कांग्रेसले १४औँ महाधिवेशनअन्तर्गत गत भदौ १८ गतेदेखि वडा अधिवेशन प्रारम्भ गरेको हो ।
त्यसयता अधिकांश जिल्लामा पालिका, प्रदेश निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र र जिल्ला अधिवेशन सम्पन्न गरिसकेको छ । कांग्रेसको १४ औँ महाधिवेशन यही मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा हुँदैछ ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, १२ मंसिर २०७८, १३ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
काँग्रेस सभापति गगन थापा रास्वपा महाधिवेशनमा जाने
कांग्रेस संसदीय दलको बैठक बस्दै
कांग्रेस सांसदको प्रश्न- अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा थुनेर पक्राउ पुर्जी जारी गर्न लाएको कुरा के हो ?
सभामुखको भूमिकामा कांग्रेस सांसदले प्रश्न उठाएपछि रास्वपाको आपत्ति
मन्त्री लम्सालको अभिव्यक्तिमाथि काँग्रेसको प्रश्न : जिम्मेवार पदमा बसेर भौतिक कारवाहीको भाषा किन ?