काठमाडौं । माओवादीबाट एमालेमा समाहित भएका नेताहरुले नयाँ केन्द्रिय कमिटिमा तीन पदाधिकारी सहित ३५ केन्द्रिय सदस्य माग गरेको छ ।
रामबहादुर थापा बदालसहित शनिबार बसेको पूर्वमाओवादी नेताहरूको बैठकले आफ्नो समूहबाट कम्तीमा तीन पदाधिकारी र ३५ जना केन्द्रीय सदस्य बनाइनुपर्ने निष्कर्ष निकालेको हो ।
स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीका अनुसार उपाध्यक्ष, उपमहासचिव र सचिव तथा ३५ जना केन्द्रीय सदस्य दिनुपर्ने माग गरिएको हो। यस विषयमा नेता थापा, रायमाझी, लेखराज भट्ट, मणि थापा र प्रभु साह ओलीसँग छलफलमा छन्।
ओली बसेकै होटलमा तिनै नेता पुगेका छन् । उपाध्यक्ष रामबहादुर थापा, उपमहासचिव रायमाझी र सचिव भट्टलाई बनाउनुपर्नेगरी सूची पेस गरिएको छ। यसैगरी कम्तीमा ३५ जना केन्द्रीय सदस्य आफ्नो समूहबाट बनाइनुपर्ने माग उनीहरूले गरेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १२ मंसिर २०७८, ११ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले महाधिवेशन :अब बुधबार बिहान् ८ बजेबाट मात्रै मतदान
३ बजेलाई सर्यो एमाले महाधिवेशनको बन्द सत्र
एमाले महाधिवेशनको प्रतिनिधिमा तिमिल्सिना मनोनीत
एमाले महाधिवेशनका लागि च्यासलमा नमुना भोटिङ मेसिन राखियो
एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुने, १० हजार स्वयंसेवक परिचालिन गरिँदै
एमाले महाधिवेशन भृकुटीमण्डपमा हुने