चितवन । नेकपा एमालेकाे १०औं महाधिवेशनमा अध्यक्षका प्रत्यासी नेता भीम रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेको सहमति प्रयासबारे आफू जानकार नभएको बताएका छन् ।
दुई जना नेताबीचको संवादपछि रावललाई वरिष्ठ उपाध्यक्ष दिन ओली तयार भएको विषयमा पत्रकारहरूको जिज्ञासामा रावलले भने, ‘अध्यक्षज्यूले सहमति खोज्न गरेका भनिएका प्रयासबारे मलाई थाहा छैन, मलाई कुनै जानकारी नै दिइएको छैन ।’ उनले आफ्नो उम्मेदवारी कायम रहेकोसमेत बताएका छन् ।
नेता रावलले महाधिवेशनको बन्दसत्र ढिलाइ भएकोमा आक्रोशसमेत व्यक्त गरे । अध्यक्ष ओलीको कार्यक्रममा ढिलो आउने बानीका कारण समस्या भएको भन्दै उनले समयमै चल्न ओलीलाई सुझावसमेत दिएका छन् । बन्दसत्रका प्रतिनिधिसँग रावलले मत माग्न थालिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ११ मंसिर २०७८, १५ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हेलिकप्टरमा भाग्ने, जनता धम्क्याउने केपी ओलीहरूबाट सचेत हुनुस् : भीम रावल
सरकारले निर्वाचनको वातावरण बनाउनुपर्छ : भीम रावल
जनअधिकारको रक्षा र आर्थिक समृद्धिको मार्ग फराकिलो बनाउन लाग्छौँ : भीम रावल
भीम रावल आज नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने
भीम रावलले भोलि नेपाली कम्युनिष्ट पार्टीसँग एकता गर्दै
भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान नेकपामा समाहित हुँदै