एमाले महाधिवेशनः सहमतिमा नेतृत्व चयन गर्न कसरत

पत्रपत्रिकाबाट

शनिबार, ११ मंसिर २०७८, ०७ : ०८
एमाले महाधिवेशनः सहमतिमा नेतृत्व चयन गर्न कसरत

काठमाडौँ । नेकपा एमालेको दसौं महाधिवेशन उद्घाटन समापन भएपछि सहमतिमा नेतृत्व चयनका लागि अन्तिम कसरत सुरु भएको छ। शुक्रबार राति  १२ बजेपछिकाे केन्द्रीय कमिटीको बैठकले विधान संशोधन गरी पधाधिकारी र केन्द्रीय सदस्यको संख्या बढाउन प्रस्ताव गरेपछि सहमतिको प्रयास सुरु भएको हो। 

राति १२ बजे एमाले सचिव योगेश भट्टराई दिएको जानकारी अनुसार पदाधिकारीमा १९ स्थायी कमिटीमा ४५ पोलिटव्यूरो सदस्य ९९ केन्द्रीय कमिटी ३०१ बनाउन महाधिवेसनको बन्द सत्रको हलमा पेश गरिने बताए।

जसअनुसार अध्यक्ष १ वरिष्ट उपाध्यक्ष  ६ महासचिव १ उप महासचिव ३ सचिव ७ गरी १९ पदाधिकारी र ३०१ केन्द्रीय सदस्य सर्वसम्मतबाट चयन गर्ने प्रयास थालिएको हो। अबेरसम्म सहमतिको प्रयास छ। पधाधिकारीमा को कहाँ रहने टुंगो लागेको छैन। 

पदाधिकारीमा आकांक्षी धेरै भएपछि सहमति बन्न नसकेको नेताहरूले बताएका छन्। अध्यक्षमा दाबी गरिरहेका भीम रावलले नछाड्ने अडान लिएपछि शनिबार बिहान पनि छलफल गर्ने तयारी छ। ‘राति निकैबेर छलफल भयो। केही प्राविधिक विषय बाँकी नै छन्।

अध्यक्षकै उम्मेदवार हुँ। यसमा शंका छैन’, रावलले भने। हाल उपमहासचिव रहेका घनश्याम भुसालले उद्घाटन सत्र सकिएपछि शुक्रबार साँझ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्।

उद्घाटन सत्रअगाडि ओलीले धेरैजसो नेतालाई राखेर सहमतिको प्रयास गरेका थिए। साँझ पनि एकचरण छलफल भएको थियो तर नेताहरूले आफ्नो अडान कायमै राखेका कारण सहमति बन्न सकेको छैन। नागरिक दैनिक मा खबर छ ।

प्रतिक्रिया दिनुहोस