पैसा र खान पाइने प्रलोभन दिएर सर्वसाधारणलाई ल्याइयो चितवन

सफल खबर संवाददाता

शुक्रबार, १० मंसिर २०७८, १० : ११
पैसा र खान पाइने प्रलोभन दिएर सर्वसाधारणलाई ल्याइयो चितवन

काठमाडौं । एमालेले तराई क्षेत्रका सोझासाझ नागरिकलाई पैसा र खानाको लोभ देखाएर सर्वसाधारणलाई ल्याएको पाइएको छ । सप्तरीबाट आएका एक सर्वसाधारणले नेताले खाना र पैसाको लोभ देखाएर चितवन ल्याएको बताए । उनका अनुसार जनही ५ सय र खाना खान दिने भनि ल्याइएको हो । तर, चितवन ल्याएर खान पनि नदिएको उनहिरुले गुनासो गरे । 

महोत्तरीबाट नेता सरोज यादवले पनि गाउँगाउँबाट कार्यकर्ताहरु राप्ती नदी किनारमा सर्वसाधारण उतारेका छन् । किशोर उमेरकादेखि साठी कटेका वृद्धवृद्धासम्म खाजा सामलको जाहो नै गरेका आएका छन् । नारायणी नदी किनारमा भेटिएका सहाय यादवले आफूहरु ४ घण्टाको बस यात्राबाट आइपुगेको बताए । उनीहरु एमालेको झण्डासहित आइपुगेका छन् भने अध्यक्ष केपी शर्मा ओलीको भाषण सुन्न उत्साहित भएको बताए ।

कतिपयले जबरजस्ती स्थानीय नेताले आफूहरुलाई ल्याएको गुनसोा गरेका छन् भने कतिले त कहाँ आएको समेत पत्तो पाएका छैनन् । उनीहरुले नेताले भनेपछि आउन बाध्य भएको गुनासो गरे । चितवनको नारायणगढ क्षेत्र र विशेषगरी नारायणी नदी किनारमा देशभरबाट आउने नेताकार्यकर्ताको भिडभाड छ ।

जिल्लाजिल्लाबाट आएकाहरु महाधिवेशनस्थल वरपर सुस्ताउँदै गरेका देखिन्छन् भने घरबाट ल्याइएका खानेकुरा खाएका देखिन्छन् । कतिपय रातभरको गाडीको यात्राका कारण थकितजस्तो पनि देखिन्थे । एमालेको आज महाधिवेशन उद्घाटन नारायणी नदी किनारमा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस