कुवेतमाथि सानदार जित निकाल्दै नेपाल शिर्षस्थानमा

सफल खबर संवाददाता

विहीबार, ०९ मंसिर २०७८, १२ : ५५
कुवेतमाथि सानदार जित निकाल्दै नेपाल शिर्षस्थानमा

काठमाडौँ । आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटमा नेपालले जित हात पारेको छ । बिहीबार भएको खेलमा कुवेतलाई ९ विकेटले पराजित गर्दै नेपाल तालिकाको शिर्षस्थानमा उक्लेको हो । 

कुवेतले दिएको २७ रनको झिनो लक्ष्य नेपालले ३ ओरभमा १ विकेटको क्षतिमा पुरा गर्न सफल भयो । नेपालका लागि इन्दु बर्मा  १३ रनमा अविजित रहँदा कप्तान रुविना क्षेत्रीले १२ रन जोडिन् । 

त्यसअघि टस जितेर ब्याटिङ रोजेको कुवेत १५.४ ओभरमा अलआउट हुँदै २७ रन बनाएको थियो । कुवेतका लागि ओपनर प्रियदा मुरलीले सर्वाधिक १० रन बनाइन् । नेपालको उत्कृष्ट तथा कसिलो बलिङसामू अन्य ब्याट्सम्यान चल्न सकेनन् । नेपालका लागि सिता मगर र कप्तान क्षेत्रीले समान २/२ विकेट लिए । 

प्रतिक्रिया दिनुहोस