काठमाडौँ । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको आफ्नो पहिलो खेलमा नेपालले थाइल्यान्डलाई १२३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा अलआउट हुँदै १२२ रन बनायो ।
नेपालका लागि बिन्दु रावलले सर्वाधिक ४४ रन बनाइन् । सम्झना खड्काले ११ बलमा २६ रन बनाइन् । रुबिना क्षेत्रीले दुई छक्का र एक चौकासहित १० बलमा १७ रन बनाइन् ।
थाइल्यान्डका लागि थिपात्चा पुथावङवले ४ ओभरमा १५ रन दिएर ४ विकेट लिइन् । ओनिचा काम्चोम्फुले २ तथा सुनिदा चतारंगरतना, सुलिपर्न लाओमी र चनिदा सुथिराङले १/१ विकेट लिए ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०४ माघ २०८२, १० : ५८
लेखकबाट थप