काठमाडौं । बजारमा तरलताको समस्या कायम रहँदा नेपालको आयात भने चुलिएको छ । भन्सार विभागले बुधबार सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७८-७९ को कात्तिकसम्मको अन्तर्राष्ट्रिय व्यापार तथ्याङ्कअनुसार नेपालबाट चार महिनामै वस्तु आयातबापत छ खर्ब ५० अर्ब रुपियाँ बाहिरिएको छ।
यो अघिल्लो आवको चार महिनाको तुलनामा करिब ६२ प्रतिशतले बढी हो। गत कात्तिकसम्म नेपालले चार खर्ब रुपियाँ बरारबको वस्तु आयात गरेको थियो। कात्तिकसम्म सबैभन्दा बढी ३४ अर्ब ३३ करोड रुपियाँको वस्तु आयात गरेको छ। त्यसपछि १८ अर्ब ७५ करोड रुपियाँको कच्चा भटमास तेल, १८ अर्ब ६६ करोड रुपियाँको पेट्रोल, १७ अर्ब ६६ करोड रुपियाँको अर्धतयार फलाम तथा स्टिलका उत्पादन र १७ अर्ब ४३ करोड रुपियाँको एलपी ग्यास आयात भएको छ।
सरकारले सबैभन्दा धेरै चिन्ता देखाएको सुन भने १० अर्ब ४३ करोड रुपियाँको आयात भएको देखिन्छ। नेपालले सबैभन्दा धेरै भारतबाट तीन खर्ब ६ अर्ब रुपियाँको वस्तु आयात गरेको छ। त्यसपछि चीनबाट ९४ करोड ३० लाख, इन्डोनेसियाबाट २३ अर्ब २६ करोड, अर्जेन्टिनाबाट १९ अर्ब ९१ करोड र संयुक्त अरब इमिरेट्सबाट १ अर्ब ३८ करोड रुपियाँको वस्तु आयात भएको तथ्याङ्क छ।
आयात चुलिए पनि निर्यातमा भएको वृद्धि दरले व्यापार घाटा सामान्य भए पनि कम गर्न सहयोग पुगेको छ। कात्तिकसम्म नेपालले ८२ अर्ब १२ करोड रुपियाँ बराबरको वस्तु निर्यात गरेको छ। जुन अघिल्लो कात्तिकको तुलनामा दोब्बरभन्दा बढी हो । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, ०९ मंसिर २०७८, ०७ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी
मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन
एमआरपी विवादले वीरगञ्ज भन्सार जाँचपास प्रभावित, व्यवसायीको असहयोग
वीरगञ्ज भन्सारद्वारा नौ महिनामा एक खर्ब ७७ करोड राजस्व सङ्कलन
नेपालगन्ज भन्सार: लक्ष्यअनुसार राजस्व सङ्कलन हुन सकेन
मेची भन्सारबाट ११ अर्ब ५८ करोड राजस्व सङ्कलन