एमाले महाधिवेशनमा १५०० सुरक्षाकर्मी परिचालन गर्ने तयारी

पत्रपत्रिकाबाट

विहीबार, ०९ मंसिर २०७८, ०७ : २४
एमाले महाधिवेशनमा १५०० सुरक्षाकर्मी परिचालन गर्ने तयारी

काठमाडौँ । नेपाल  कम्युनिस्ट  पार्टी  (एमाले)को  महाधिवेशनमा  १५  सय  बढी  सुरक्षाकर्मी  परिचालन  हुँदैछन्।

 यही  मङ्सिर  १०  देखि  १२  सम्म  चितवनमा  हुनलागेको  एमालेको  १०औँ  महाधिवेशनमा  नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान  विभाग  गरी  झन्डै  एक  हजार  पाँच  सय  सुरक्षाकर्मी  परिचालन हुनेछन्। 

महाधिवेशनको विशेष सुरक्षाका लागि  नेपाल  प्रहरीका  आठ  सय,  सशस्त्र प्रहरीको ४५० तथा राष्ट्रिय अनुसन्धानको  ९०  जना  परिचालन  हुने छन्।

त्यस्तै चितवनसँग सिमाना जोडिएको नवलपुरकोे गैँडाकोटबाट नेपाल प्रहरीका सय बढी सुरक्षाकर्मी खटिने छन्।महाधिवेशन उद्घाटन हुने स्थान र  बन्दसत्रको  सुरक्षा  मजबुतिका  लागि व्यापक सुरक्षाकर्मी परिचालन गर्ने  तयारी  भइरहेको  चितवनका  प्रमुख जिल्ला अधिकारी एवं जिल्ला सुरक्षा  समिति  संयोजक  आस्मान  तामाङले बताए ।

 महाधिवेशन स्थलमा  आवतजावतलाई  सहज  बनाउनका  लागि  आसपासका  १३  स्थानमा  सवारीसाधन  पार्किङस्थल  तयार  गरिएको  छ।  

महाधिवेशन  उद्घाटन  हुने  मङ्सिर  १०  गते  बिहान १० बजेदेखि जिल्ला प्रशासन कार्यालयबाट  चितवनको पश्चिमतर्फलगायत  महाधिवेशन उद्घाटन स्थल क्षेत्रमा अत्यावश्यक बाहेकका  सवारीसाधन सञ्चालनमा रोक लगाएको खबर गोरखापत्रमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस