न्युयोर्क । अमेरिकाले आगामी महिना लोकतन्त्रबारे सम्मेलन गर्ने भएको छ । यही डिसेम्बर ९ र १० गते गर्न लागिएको भर्चुअल सम्मेलनमा चीन र रसियालाई भने बोलाइएको छैन् । भारत, पाकिस्तान र इराकसहित अमेरिकाका गठबन्धन देशहरुलाई भने बोलाइएको छ ।
चीन र अमेरिकाबीच तनाव बढिरहेका बेला राष्ट्रपति जोन वाइडेन प्रशासनले आयोजना गर्न लागेको सम्मेलनलाई विश्व समुदायले चासोपूर्वक हेरिरहको छ । अमेरिकी विदेश मन्त्रालयका अनुसार सम्मेलनमा ११० देशलाई निम्ता दिइएको छ ।
सम्मेलनमा चीनले आफ्नो अभिन्न राज्य मान्दै आएको ताइवानलाई समेत बोलाइएको छ । तर, अफगानिस्तान, बंगलादेश, श्रीलंका र टर्कीलाई बोलाइएको छैन् ।ताइवानसँगको कूटनीतिक सम्बन्ध तोड्न चीनले अन्य देशहरुलाई दबाब दिइरहेका बेला सम्मेलन आयोजना हुँदैछ । आफ्नो स्वतन्त्रताका बारेमा चीनलाई बोल्ने अधिकार नभएको ताइवानले बताउँदै आएको छ ।
ताइवान मामिलामा चीनले आक्रमण गरे आफूले हेरेर नबस्ने अमेरिकाले बताउँदै आएको छ । एक साताअघि चीनका राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भएको भर्चुअल संवादमा राष्ट्रपति सीले अमेरिकालाई आगोसँग निहुँ नखोज्न चेतावनी दिएका थिए ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, ०८ मंसिर २०७८, ११ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकाले नेपाली सेनालाई दियो स्काई ट्रक र एयर एम्बुलेन्स
अमेरिका जाँदै हुनुहुन्छ ? पहिल्यै १५ हजार डलर धरौटी राख्नुपर्ने नियम आउँदै
प्यालेस्टाइनलाई राष्ट्रको मान्यता दिने फ्रान्सको घोषणा अमेरिकाद्वारा खारेज
अमेरिकाद्वारा डब्लुएचओको नयाँ ‘महामारी नियम’ अस्वीकार
युक्रेनलाई अमेरिकाले शक्तिशाली हतियार सहयोग गर्ने
संयुक्त राष्ट्रसंघकी विशेषज्ञमाथि अमेरिकाको प्रतिबन्ध