काठमाडौं । दाङमा बाघको छालासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजपुर गाउँपालिका–६ का ३८ वर्षीय सूर्यबहादुर चौधरी र तुलसीपुर उपमहानगरपालिका–५ का ३१ वर्षीय महेन्द्र खड्का रहेका छन् ।
दुवै जना आठ फिट दुई इन्च लम्बाइ र एक फिट आठ इन्च चौडाइ भएको छालासहित पक्राउ परेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले जानकारी दिनुभयो । आइतबार राति पक्राउ परेका दुवै जनालाई प्रहरीले आज सार्वजनिक गरेको हो ।
चौधरी र खड्कालाई घोराही उपमहानगरपालिका–१६ गरुवा चोकबाट पक्राउ गरिएको हो । रा३प २६६ नंको मोटरसाइकलमा पूर्वबाट पश्चिमतर्फ आउँदै गर्दा उनीहरु बाघको छालासहित पक्राउ परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, ०६ मंसिर २०७८, २० : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फरार कैदीबन्दी रुपन्देहीबाट पक्राउ
काठमाडौँका विभिन्न ठाउँमा सिक्री लुट्दै हिँड्ने गिरोह पक्राउ
लागूऔषधसहित विभिन्न स्थानबाट ४१ जना पक्राउ
लागुऔषधसहित पाँच जना पक्राउ
सुकुमबासी मोर्चाका महासचिवसहित ३ जना पक्राउ
पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ