प्रधानन्यायाधीशलाई महाअभियोग लगाउन बारले सभामुखसहित सांसदलाई ज्ञापनपत्र बुझाउने

सफल खबर संवाददाता

सोमबार, ०६ मंसिर २०७८, ११ : ५४
प्रधानन्यायाधीशलाई महाअभियोग लगाउन बारले सभामुखसहित सांसदलाई  ज्ञापनपत्र बुझाउने

काठमाडौं । चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लगाउन माग गर्दै नेपाल बार एसोसिएसनले सभामुख अग्निप्रसाद सापकोटासहित प्रमुख सचेतकहरूलाई ज्ञापनपत्र बुझाउने भएको छ । 

जबराको राजीनामा माग्दै तीन साताभन्दा लामो समयदेखि धर्ना र प्रदर्शन गर्दै आएको बारले सोमबार महाअभियोग लगाउन ज्ञापनपत्र बुझाउन लागेको हो । सोमबार दिउँसो २ बजे सभामुख सापकोटासहित संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका संसदीय दलका नेता तथा प्रमुख सचेकतलाई जबरालाई महाअभियोग लगाउनुपर्ने माग गर्दै ज्ञापनपत्र बुझाउन लागेको सर्वाेच्च बारका अध्यक्ष पूर्णमान शाक्यले जानकारी दिए ।न्यायालय सुद्धीकरणका लागि जबरालाई न्यायालयको नेतृत्वबाट हटाउनुपर्ने बारको जिकीर छ । 

प्रतिक्रिया दिनुहोस