काठमाडौं । आजदेखि राप्रपाको महाधिवेशन प्रतिनिधिको निर्वाचन शुरु हुँदैछ । मंसिर १५–१७ गतेसम्म काठमाडौंमा राप्रपाको महाधिवेशन आयोजना गरिएको छ ।
महाधिवेशनका लागि देशका ३३० वटै प्रदेश सभा निर्वाचन क्षेत्रबाट २९७० प्रतिनिधि छनौटका लागि मंसिर ६, ७ र ८ गते महाधिवेशन प्रतिनिधिको निर्वाचन हुने तालिका रहेको राप्रपाका प्रचार संयोजक मोहन श्रेष्ठले जानकारी दिएका छन् ।
राप्रपाले प्रत्येक प्रदेश सभा निर्वाचन क्षेत्रबाट समावेशी आधारमा नौ जना प्रतिनिधि छनौट गर्नेछ जसअनुसार ३ खस आर्य (अन्य), ३ महिला, १ जनजाति, १ दलित, १ अल्पसंख्यक, मुस्लिम, थारु लगायत गरि नौ जना निर्वाचित गर्नेछ ।
यसअघि भएका गाउँपालिका, नगरपालिका, प्रदेश सभा निर्वाचन क्षेत्र, संघीय निर्वाचन क्षेत्र, जिल्ला र प्रदेशको अधिवेशनबाट निर्वाचित अध्यक्षहरु पदेन महाधिवेशन प्रतिनिधि चयन भइसकेको पनि श्रेष्ठले बताएका छन् । राप्रपामा यसरी चयन भएर आउने प्रतिनिधिहरु, भातृ संगठन, प्रवासका प्रतिनिधि र अध्यक्षबाट मनोनीत हुने समेत गरि ४५०० महाधिवेशन प्रतिनिधि हुनेछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०६ मंसिर २०७८, ०७ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभाको बैठक बहिस्कार
रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभामा विरोध
राजेन्द्र लिङ्देनले पार्टीमा हैकमवाद लादेको महामन्त्री राणाको आरोप
नवराज सुवेदीलाई राप्रपा प्रवक्ताले भने– लोकलाजको ख्याल गर्नुस् बा !
रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बहिस्कार
रास्वपा र राप्रपाले आज पनि गरे बैठक बहिष्कार