लिभरपुलले निकाल्यो शानदार जित, आर्सनल पराजित

एजेन्सी

आइतबार, ०५ मंसिर २०७८, ०७ : ४६
लिभरपुलले निकाल्यो शानदार जित, आर्सनल पराजित

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा लिभरपुलले शनिबार राति आर्सनलमाथि ४–० को शानदार जित निकालेको छ । यससँगै सबै प्रतियोगितामा आर्सनलको १० खेलको अपराजित यात्रा टुंगेको छ ।

लिभरपुलका लागि साडियो माने, डिएगो जोटा, मोहम्मद सलाह र ताकमी मिनामिनोले गोल गरे । यो जितपछि लिभरपुल लिग तालिकाको पाँचौं स्थानमा उक्लेको छ ।

आइतबारको अर्को खेलमा म्यानचेस्टर युनाइटेड वाटफोर्डको हातबाट ४–१ ले पराजित रह्यो । यस्तै अन्य खेलमा एस्टन भिल्लाले ब्राइटनलाई २–०, नरविचले साउथह्याम्पटनलाई २–१ र उल्भ्सले वेस्ट ह्यामलाई १–० हरायो ।

बर्नली र क्रिस्टल प्यालेस तथा न्युकासल युनाइटेड र ब्रेन्टफोर्डले समान ३–३ को बराबरी खेले । दिनको पहिलो खेलमा चेल्सीले लेस्टर सिटीलाई ३–० ले हराएको थियो ।

प्रतिक्रिया दिनुहोस