काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को रोकिएको निर्वाचन तथा विश्व सम्मेलनको नयाँ मिति तय भएको छ । एनआरएनएका अध्यक्ष कुमार पन्तले एक विज्ञप्तिमार्फत डिसेम्बर १९ र २० मा विश्व सम्मेलन र कार्यसमितिको नेतृत्वको लागि डिसेम्बर १५ तारिखका दिन निर्वाचनको मिति तय भएको जानकारी दिएका हुन् ।
एनआरएनएको निर्वाचन गत अक्टोबरमै गर्ने भनिएपनि संघभित्रको विवादका कारण स्थगित भएको थियो । परराष्ट्र मन्त्रालयसँगको छलफलका आधारमा नयाँ मिति तय गरिएको पन्तको भनाइ छ ।
विश्वभरि फैलिएका गैरआवासीय नेपालीहरुले उत्साहका साथ तयारी गरिरहेको संघको महाधिवेशन तथा अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) को निर्वाचन प्रक्रिया स्थगित गर्न परराष्ट्र मन्त्रालयबाट १० सेप्टेम्बरमा पत्र प्राप्त भएपछि मन्त्रालय र संघबीच पटक–पटक औपचारिक तथा अनौपचारिक छलफल भएको भन्दै उनले केहि समय अगाडि परराष्ट्रमन्त्री डा नारायण खड्कासँग घनिभूत छलफल भएको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०४ मंसिर २०७८, १८ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एनआरएनए महाधिवेशन फागुन ११ देखि १३ सम्म हुने, प्रवक्ता गौतमको संयोजकत्वमा एकता समिती गठन
एनआरएनएको एकता कोशेढुङ्गा सावित हुनेछ: प्रधानमन्त्री कार्की
एनआरएनएद्वारा ७५ लाख ४४ हजार लागतमा काठमाडौं ट्राफिक कन्ट्रोल रुम हस्तान्तरण
संकटको सारथि बन्दै श्रेष्ठ नेतृत्वको एनआरएनए
सर्वोच्चमा आज एनआरएनएको मुद्दामा सुनुवाइ, के आउला फैसला ?
एनआरएनए निर्वाचनः ५६ देशबाट ४ हजार ६५९ प्रतिनिधिको नाम दर्ता