काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को रोकिएको निर्वाचन तथा विश्व सम्मेलनको नयाँ मिति तय भएको छ । एनआरएनएका अध्यक्ष कुमार पन्तले एक विज्ञप्तिमार्फत डिसेम्बर १९ र २० मा विश्व सम्मेलन र कार्यसमितिको नेतृत्वको लागि डिसेम्बर १५ तारिखका दिन निर्वाचनको मिति तय भएको जानकारी दिएका हुन् ।
एनआरएनएको निर्वाचन गत अक्टोबरमै गर्ने भनिएपनि संघभित्रको विवादका कारण स्थगित भएको थियो । परराष्ट्र मन्त्रालयसँगको छलफलका आधारमा नयाँ मिति तय गरिएको पन्तको भनाइ छ ।
विश्वभरि फैलिएका गैरआवासीय नेपालीहरुले उत्साहका साथ तयारी गरिरहेको संघको महाधिवेशन तथा अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) को निर्वाचन प्रक्रिया स्थगित गर्न परराष्ट्र मन्त्रालयबाट १० सेप्टेम्बरमा पत्र प्राप्त भएपछि मन्त्रालय र संघबीच पटक–पटक औपचारिक तथा अनौपचारिक छलफल भएको भन्दै उनले केहि समय अगाडि परराष्ट्रमन्त्री डा नारायण खड्कासँग घनिभूत छलफल भएको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०४ मंसिर २०७८, १८ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एकतापछि पनि एनआरएनएमा दुई समूहको टक्कर, मिलाउन रोविन शेरचनको पहल
एनआरएनए अध्यक्षमा रोबिन शेरचनको उम्मेदवारी घोषणा
एकताको मर्म बुझाउन ग्रासरुटमा एनआरएनए
एनआरएनए महाधिवेशन फागुन ११ देखि १३ सम्म हुने, प्रवक्ता गौतमको संयोजकत्वमा एकता समिती गठन
एनआरएनएको एकता कोशेढुङ्गा सावित हुनेछ: प्रधानमन्त्री कार्की
एनआरएनएद्वारा ७५ लाख ४४ हजार लागतमा काठमाडौं ट्राफिक कन्ट्रोल रुम हस्तान्तरण