काठमाडौँ । नेपाल प्रहरीले सामाजिक सञ्जाल इन्स्टाग्राम तथा फेसबुकमार्फत नाबालिकाको चरित्र हत्या गर्ने एकजनालाई पक्राउ गरेको छ ।
प्रहरीको साईबर ब्यूरोले सामाजिक सञ्जाल इन्स्टाग्राम तथा फेसबुकमार्फत नाबालिका तथा युवतीलाई साथी बनाएर धाकधम्की देखाई नग्न तस्बीर तथा भिडियो पठाउन लगाएर पीडा दिने काठमाडौँ महानगरपालिका–२२ भोटेबहालका २० वर्षीय लव खड्गीलाई बिहीबार पक्राउ गरेको हो ।
ब्यूरोका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नविन्द अर्यालले सामाजिक सञ्जालको दूरुपयोग गरी चरित्र हत्यामा सङ्लग्न भएकाले खड्गीलाई बिहीबार पक्राउ गरी आज सार्वजनिक गरिएको जानकारी दिए।
प्रहरीले विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौँको अनुमति लिएर पक्राउ गरेको हो । पक्राउ खड्गीलाई जिल्ला अदालत काठमाडौँको आदेशअनुसार पाँच दिन म्याद थप गरी अनुसन्धान गरिरहेको प्रवक्ता अर्यालले बताए ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, ०३ मंसिर २०७८, १७ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारले खुलायो सामाजिक सञ्जाल
यी हुन् नेपालमा दर्ता भएका र नभएका सामाजिक सञ्जाल (सूचीसहित)
फेसबुक, ट्वीटर, युट्युबलगायत २६ सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णय
दर्ता नभएका सामाजिक सञ्जाल निष्क्रिय गर्नेबारे सञ्चार मन्त्रालयमा बैठक
बिहीबारदेखि सामाजिक सञ्जाल बन्द गर्ने सरकारको तयारी
सात दिनभित्र सामाजिक सञ्जाल सूचीकरण गर्न सरकारले निकाल्यो सूचना